News Category 2077/11/22
दुई चरणमा सप्तरीका जेष्ठ नागरिकलाई कोभिड १९ बिरुद्धको खोप
राजविराज/दोस्रो चरणको कोभिड १९ रोग विरुद्धको खोप सप्तरीका जेष्ठ नगरिकहरुलाई लगाउने भएको छ ।
स्वास्थ्य कार्यालय सप्तरीले शनिबार आयोजना गरेको पत्रकार सम्मेलन मार्फत सो जानकारी दिइएको छ ।
दुई चरणमा गरी जिल्लाको एक सय ६४ वटै वडाहरुबाट ६५ वर्ष भन्दा माथिका करिब ३१ हजार ४ सय ४२ जना जेष्ठ नागरिकहरुलाई खोप लगाउने कार्य सुरु हुने स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियाला यादवे जानकारी दिएका छन् ।
उनका अनुसार फागुन २३ र २४ गते छिन्नमस्ता गाँउपालिका, राजगढ गाँउपालिका, बलान विहुल गाँउपालिका, विष्णुपुर गाँउपालिका, डाक्नेश्वरी नगरपालिका, बोदेवरसाईन नगरपालिका, खडक नगरपालिका, सुरुंगा नगरपालिका र शम्भुनाथ नगरपालिकामा जेष्ठ नागरिकहरुलाई खोपित गरिने छ ।
त्यस्तै फागुन २८ र २९ गते राजविराज नगरपालिका, हुनमानगर कंकालनी नगरपालिका, कन्चनरुप नगरपालिका, सप्तकोशी नगरपालिका, अग्निसाइर कृष्णसवरन गाँउपालिका, महदेवा गाँउपालिका, तिरहुत गाँउपालिका, तिलाठी कोइलाडी गाँउपालिकामा खोप लगाइदै छ ।
यस्तै महामारीको बेला अग्रपंतिमा रहेकाहरु स्वास्थ्यकर्मी, कर्मचारी, सेना, प्रहरी र पत्रकार लगायतले पहिलोे चरणमा नै उक्त खोप लगाइसकेको उनले बताए ।
जसमध्ये ३ हजार ७ सय ५४ जनालाई खोप लगाइने लक्ष्य रहेकोमा ९८ प्रतिशतले सो खोप लगाएका छन् । वर्तमान अवस्थामा पनि उक्त रोग सर्ने सम्भाबना रहि रहेको अबस्थाबाट बच्न भौतिक दुरी कायम गर्ने, साबुन पानिले मिचिमिचि हाथ धुने, मास्कको प्रयोग गर्ने र कार्यालय तथा घरहरुको सरसफाई राख्ने लगायतका कामहरु नियमित गरिरहुनु पर्ने प्रमुख यादवले सबैसँग आग्रह समेत गरे ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/09/10 सामाजिक संजालमा हिन्दु धर्मावलम्बी माथि गलत टिप्पणी गरेकालाई कारवाहीको माग
- 2082/09/10 पिकअप र चालकसहित ८ क्विन्टल ३२ किलो गाजा बरामद
- 2082/09/10 सप्तरीबाट अध्यक्ष महतोको नाम सिफारिस
- 2082/09/01 आमा, बुवा र दाजु गुमाएपछि दिदी–बहिनीको जीवन कष्टकर
- 2082/09/01 उज्यालो नेपाल पार्टीले सबै जिल्लामा उम्मेदवारी दिने
- 2082/09/01 पूर्व महाप्रबन्धक मेहता र समाजसेवी यादव काँग्रेसमा प्रवेश
- 2082/09/01 अक्षयकोषवाट बालवालिकालाई छात्रबृति
- 2082/09/01 पाँचौ दिन पनि रिले अनसन जारि
- 2082/08/29 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै विगत चार दिनदेखी राजविराजमा जारि रिले अनसनमा चौथो दिन सोमबार निर्माण व्यवसायी संघ सप्तरीका पदाधिकारी तथा सदस्यहरुले ऐक्यबद्धता जनाउँदै रिले अनसनमा सहभागि । तस्बीर ः राजविराज दैनिक
- 2082/08/29 जसपा नेपालद्वारा बिरोध प्रदर्शन
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ