News Category 2077/11/22
राष्ट्रिय महिला एवं पुरुष भारोत्तोलन प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
राजविराज/राजविराजमा हुने प्रथम देवसन्दर स्मृति कप राष्ट्रिय महिला एवं पुरुष भारोत्तोलन प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको छ ।
यही फागुन २९ गतेदेखि हुने उक्त प्रतियोगिताको तयारी बारे शनिबार भारोत्तोलन संघ सप्तरीले पत्रकार सम्मेलनको आयोजना गरी सो जानकारी दिएको हो ।
भारोत्तोलन संघ सप्तरीका अध्यक्ष महेश प्रसाद यादवले प्रतियोगितामा सात वटै प्रदेशका साथै, सेना, सशस्त्र र नेपाल प्रहरीका तीनवटै विभागिय टिमको सहभागिता रहने जानकारी दिए ।
कुल १ सय २५ खेलाडी सहभागी रहने प्रतियोगितामा महिला खेलाडीको संख्या ४० देखि ५० सम्म रहने उनले बताए ।
प्रतियोगितामा विभिन्न तौल समुहमा महिला र पुरुष तर्फ ३५/३५ खेलमा प्रतिस्पर्धा हुनेछन् । यस्तै प्रतियोगिताको प्रदेश २ का समाजिक विकास मन्त्री नवल किशोर साहले उद्घाटन गर्ने तय भएको संघका सचिव गोपाल गुप्ताले जानकारी दिएका छन् ।
पत्रकार सम्मेलनमा भारोतोलन संघका केन्द्रिय अध्यक्ष रामकृष्ण श्रेष्ठ महासचिव तिलक बहादुर राउत, संघका सल्लाहकार सूर्यनाथ यादव जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख दिनेश भुजेल लगायतले पनि प्रतियोगिताबारे आवश्यक जानकारी गराएका थिए ।
त्यस्तै १८ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको प्रतियोगिताका लागी जिल्ला संघकै पहलमा स्थानियतह र विभिन्न संघ संस्था, व्यक्तीबाट उक्त सहयोग रकम जुटाईने स्जनाइएको छ ।
प्रतियोगिताका विजेता खेलाडीलाई कप, मेडल, कदरपत्रका साथै उत्कृष्ट खेलाडीको चयन गरी नगद पु्रस्कार दिने तय भएको समेत जानकारी गराइएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/09/24 निर्वाचनलाई लक्षित गर्दै तीन पार्टीद्वारा कार्यदल गठन
- 2082/09/23 क्यान्सर पीडित छोराका लागि यादव दम्पत्तीद्वारा सहयोगको याचना
- 2082/09/23 अस्पतालमा पुनः एचडियु र एनआईसियु सेवा संचालन
- 2082/09/23 दुई पालिकामा न्यानो कम्बल वितरण
- 2082/09/22 प्रमुख र उपप्रमुखको विवादमा कञ्चनरुप नगरपालिकाको प्रशासनिक तथा नीतिगत प्रक्रिया अवरुद्ध
- 2082/09/22 दुई क्षेत्रबाट उम्मेदवारी सिफारिस भएका नेकपा नेता जसपा नेपालमा प्रवेश
- 2082/09/22 कैदीबन्दीद्वारा चौकिदारमाथी अनियमितताको आरोप
- 2082/09/20 मुस्लिम समाज सप्तरीद्वारा प्रदर्शन, सामाजिक सद्भाव कायम गर्न सबैसँग आह्वान
- 2082/09/20 कारले मोटरसाइकललाई ठक्कर दिदा पत्रकार कर्ण घाइते
- 2082/09/20 सहकारी कारोवारलाई पारदर्शि बनाई बिश्वासको वातावरण बनाउन आग्रह
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ