News Category 2077/11/23
दुर्घटनामा घाइते भएका पुजारीको उपचारको क्रममा मृत्यु
दैनिक समाचारदाता
राजविराज, २३ फागुन ।
गत शुक्रबार मोटरसाइकलको ठक्करबाट गम्भिर घाइते भएका एक पुजारीको उपचारका क्रममा मृत्यु भएको छ ।
पूर्वपश्चिम राजमार्ग अन्तरगत सप्तरीको शम्भुनाथ सडक खण्डमा बाटो काट्ने क्रमका बा.४०प २२१५ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा गम्भिर घाइते भएका रौतहटको देवाही गोनाही नगरपालिका ९ निवासी ६५ वर्षिय ब्रहमदेव साहको उपचारको क्रममा आइतबार बिहान निधन भएको हो ।
साहलाई ठक्कर दिने मोटरसाइकल र चालक शम्भुनाथ नगरपालिका ६ निवासी ३० वर्षिय मो. रमजानी प्रहरी नियन्त्रणमा रहेको र आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।
यसअघि घटना पश्चात् घाइते भएका पुजारीलाई प्रहरीले उद्धार गरि स्थानिय युनिक अस्पतालमा पुर्याएको थियो । तर स्वास्थ्य अवस्थामा सुधार नदेखिएपछि बिराटनगरस्थित बिराट नर्सिङ होममा भर्ना गराइएकोमा उपचारकै क्रममा उनको निधन भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी भुवनेश्वर साहले जानकारी दिए ।
बाराको इटवालास्थित राममन्दिरका मूल पुजारी रहेका साह तिर्थयात्राको क्रममा बसचढी बराह क्षेत्रतर्फ जाँदै गरेका थिए । बाटोमा शौचका लागि उत्रेका बेला अचानक मोटरसाइकलले ठक्कर दिँदा उक्त दुर्घटनामा परेको डिएसपी साहले बताए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/09/11 धार्मिक आस्था विरुद्धको अभिव्यक्तिले राजविराज तनाव
- 2082/09/11 ज्येष्ठ नागरिक प्रेरणाको श्रोत भएको भन्दै संरक्षणमा जोड
- 2082/09/11 आगलागिमा दुई लाख भन्दा बढीको क्षति
- 2082/09/10 सामाजिक संजालमा हिन्दु धर्मावलम्बी माथि गलत टिप्पणी गरेकालाई कारवाहीको माग
- 2082/09/10 पिकअप र चालकसहित ८ क्विन्टल ३२ किलो गाजा बरामद
- 2082/09/10 सप्तरीबाट अध्यक्ष महतोको नाम सिफारिस
- 2082/09/01 आमा, बुवा र दाजु गुमाएपछि दिदी–बहिनीको जीवन कष्टकर
- 2082/09/01 उज्यालो नेपाल पार्टीले सबै जिल्लामा उम्मेदवारी दिने
- 2082/09/01 पूर्व महाप्रबन्धक मेहता र समाजसेवी यादव काँग्रेसमा प्रवेश
- 2082/09/01 अक्षयकोषवाट बालवालिकालाई छात्रबृति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ