News Category 2077/11/23
मलेठ घटनाको प्रतिवेदन सार्वजनिक हुन्छ : मन्त्री साह
दैनिक समाचारदाता
राजविराज, २३ फागुन ।
मलेठ घटनाको चौथो पुण्यतिथिको अवसरमा आईतवार श्रद्वाञ्जली सभाको आयोजना गरिएको छ ।
आयोजित सभामा प्रदेश २ का भुमि, ब्यबस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहले सहिदको सपना साकार पार्न प्रदेश सरकार प्रतिबद्ध रहेको दोहोर्याए ।
सभामा मन्त्री साहले मलेठ घटनाले मधेस केन्द्रित विभिन्न ६ पार्टीलाई एकताबद्ध गरेको स्मरण गर्दै मलेठ घटना कै उपलब्धीको रूपमा प्रदेश सरकार बनेको बताए ।
उनले मलेठ घटनका दोषीलाई कडा भन्दा कडा कारवाही गर्ने प्रतिबद्धता जनाउँदै प्रदेश सरकारले मलेठ घटनाको उच्च स्तरिय छानबिन प्रतिवेदन चाडै सार्वजनिक गर्ने जानकारी पनि दिए ।
सोही कार्यक्रममा जसपा केन्द्रीय सदस्य दिनेश यादबले सहिदको सपना पूरा सँगै मधेशको अधिकार प्राप्तका लागि अधिकारको आन्दोलन आबश्यक रहेको बताए । उनले सहिदको सपना साकार गर्न निर्वाचित जनप्रतिनिधिहरूले भुमिका खेल्नुपर्नेमा जोड समेत दिए ।
सो अवसरमा राजबिराज वडा ९ मलेठका अध्यक्ष शम्भु यादब लालीले मलेठ घटनाको सत्य तथ्य छानबिन गर्नुपर्नेमा जोड दिए ।
महिला नेतृ किरण साहले राज्यद्वारा नश्लिय विभेद अझै कायम रहेको भन्दै मधेशको अधिकार पूरा नभएकोले सहिदको सपना पूरा गर्न अधिकारको आन्दोलन अपरिहार्य रहेको बताईन ।
तत्कालीन नेकपा एमालेले मेची महाकाली अभियानका क्रममा गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रमा कार्यक्रम राखेपछि तत्कालीन मधेसी मोर्चाले सोको विरोध गरेपछि प्रहरीले गोली चलाउँदा पाँच जनाको मृत्यु भएको थियो ।
प्रहरीको गोली लागेर मलेठका पिताम्बर मण्डल, सञ्जन मेहता, वीरेन्द्र महतो, प्रसवनीका आनन्द साह र जमुनी मधेपुराका इनर यादवको मृत्यु भएको थियो ।
आयोजित श्रद्वाञ्जली सभामा जसपाका केन्द्रिय सदस्य दिपेन्द्र चौधरी, दिनेश यादब, अशोक यादब, पुनम यादब, भिम तमाङ, जसपा नेता केदार यादब, युवा नेता नबनित झा, युवा नेता शिवशंकर यादब, रामगमन साह, बिद्यार्थी नेता शम्भु प्रसाद यादबलगायतले मन्तब्य व्यक्त गरेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/06 दुई बाल श्रमिकसहित २३ जना कामदारको उद्दार
- 2082/12/06 दुःखमोेचन आश्रममा भगवानको दिब्य प्रतिमा स्थापनाको तयारी
- 2082/12/06 श्रोत नखुलेको २० लाख नेपाली रुपैयाँसहित एक पक्राउ
- 2082/12/04 नाबालिका अपहरण मुद्दामा युवकलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश
- 2082/12/02 उद्घाटन भएको दश महिना वित्न लाग्दा पनि बस पार्क अझै संचालनमा आएन
- 2082/12/02 फागुन महिनाको प्रगति विवरण सार्वजनिक, टोल फ्री नम्बर र १०० नम्बरमा फोन गर्न एसपी गौतमको आग्रह
- 2082/12/01 अटोमा गाँजा तस्करी गरेको अवस्थामा एक महिलासहित दुई पक्राउ
- 2082/12/01 श्रोत नखुलेको रकमसहित एक पक्राउ
- 2082/11/28 निर्वाचन प्रहरीलाई प्रमाण पत्र प्रदानसहित बिदाई
- 2082/11/28 नाबालिका माथी ६८ वर्षिय बृद्धद्वारा यौन दुव्र्यबहार
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ