News Category 2077/11/23
हत्या, बलात्कार गरि फरार तथा हतियारसहित पक्राउ परेका चार अभियुक्त सार्वजनिक
दैनिक समाचारदाता
राजविराज, २३ फागुन ।
जिल्ला प्रहरी कार्यालय सप्तरीले विभिन्न अभियोगका चार जना अभियुक्तहरुलाई आइतबार पत्रकार सम्मेलनको आयोजना गरि सार्वजनिक गरेको छ ।
प्रहरीले १७ वर्षअघि हत्या घटना, नौं महिना अघि जबरजस्तीकरणी मुद्दाका फरार अभियुक्त तथा कटुवा पेस्तोलसहित पक्राउ परेका दुई जनालाई सार्वजनिक गरेको हो ।
आयोजित पत्रकार सम्मेलनमा प्रहरी उपरिक्षक राजेन्द्र धमलाले बि.स.२०६० साल पुस ८ गते छिमेकी सुक्रुत सदाको छुरा प्रहरी गरि हत्या गरेर फरार रहेका सप्तरीको महदेवा गाउँपालिका ४ लोहजारा निवासी देवनारायण मण्डललाई घरमै लुकी बसेको अवस्थामा शनिबार साँझ पक्राउ गरिएको जानकारी दिएका छन् ।
पक्राउ परेका मण्डल फुपुलाई ललाई फकाई लिई भागेको आक्रोसमा सदाको घरमै पुगेर खुकुरी प्रहार गरि हत्या गरेर फरार भएका थिए । गोप्य सूचनाको आधारमा घरमै लुकिबसेको अवस्थामा मण्डललाई पक्राउ गरिएको डिएसपी भुवनेश्वर साहले जानकारी दिए ।
बलात्कार गरि फरार रहेका पक्राउ

गत जेठ २६ गते गाउँकै एक १५ वर्षिया किशोरीलाई बलात्कार गरि फरार रहेका विष्णुपुर गाउँपालिका ५ का ३५ वर्षिय मो. रहमुललाई प्रहरीले पक्राउ गरि आइतबारै सार्वजनिक गरेको छ ।
घरमै लुकिबसेको अवस्थामा आइतबार जिल्ला प्रहरी कार्यालयबाट खटेको टोलीले रहमुललाई पक्राउ गरेको हो ।
जबरजस्तीकरणीबाट ती पीडित यूवतीमा गर्भसमेत बस्न गएको अनुसन्धानका क्रममा खुलेको प्रहरी उपरिक्षक राजेन्द्र धमलाले बताए ।
पेस्तोलसहित दुई पक्राउ

आयोजित पत्रकार सम्मेलनमा कटुवा पेस्तोलसहित पक्राउ परेका दुई जनालाई सार्वजनिक गरिएको छ ।
पक्राउ पर्नेमा विष्णुपुर गाउँपालिका ७ का २० वर्षिय महेश कुमार शर्मा र १९ वर्षिय प्रमोद साह छन् ।
राजविराज ६ स्थित सखडा सडक खण्डमा शनिबार साँझ चेकजाँचका क्रममा स.७प. ९६७० नम्बरको मोटरसाइकलमा सवार उनीहरुका साथबाट प्रहरीले कटुवा पेस्तोल एक थान र सोमा प्रयोग हुने दुई थान गोली बरामद गरेको छ ।
पक्राउ परेका शर्मा ३ वर्ष अघि पनि एक थान कटुवा पेस्तोल र ३ थान गोलीसहित पक्राउ परेका थिए । हातहथियार खरखजाना मुद्दामा एक वर्ष कैद भुक्तान गरि हालै रिहा भएका उनी फेरी त्यस्तै प्रकृतीका मुद्दामा पक्राउ परेका हुन् ।
पक्राउ परेका मध्ये फरार अभियुक्त दुई जनालाई आइतबारै अदालतमा उपस्थित गराई कैद भुक्तानका लागि राजविराज कारागार चलान गरिएको छ भने कटुवा बन्दुकसहित पक्राउ परेका दुई जनालाई अदालतबाट म्याद थप गराई आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/07/08 छठ पर्वको चहल पहल सुरु, आज नहाय खाय
- 2082/07/07 छठ पर्वको तयारी तिब्र
- 2082/07/07 चित्रगुप्तको कलम एक लाख ५ सय ५५ मा बिक्रि
- 2082/07/06 कात्तिक ८ देखी जनचेतना रनिङ शिल्ड प्रतियोगिताको ४४ औं संस्करण सुरु हुदै
- 2082/07/05 दुईलाख मुल्य बराबरको पटका नष्ट
- 2082/07/04 बोतलमा राखेर बेचिने पेट्रोलका कारण पसलै खरानी
- 2082/07/04 किराना पसलमा आगलागी हुँदा तीन लाख भन्दा बढीको क्षति
- 2082/07/02 गोली प्रहारबाट सन्तको हत्या, प्रदेश प्रहरीबाट समेत घटनाको अनुसन्धान हुँदै
- 2082/07/01 सप्तरीका पाँच गरि देशभरका ४३ स्थानीय तहले अझै ल्याएनन् बजेट
- 2082/07/01 सञ्चारकर्मीहरू आफै मर्यादित र जिम्मेवार भई पत्रकारिता पेशाको मर्यादा राख्नु पर्छ ः वक्ताहरु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ