News Category 2077/11/24
दुई फरारसहित चार प्रतिबादी पुर्पक्षका लागि कारागार चलान
दैनिक समाचारदाता
राजविराज, २४ फागुन ।
हतियारसहित पक्राउ परेका दुई युवकलाई अदालतको आदेशमा पूर्पक्षका लागि आइतबार राजविराज कारागार चलान गरिएको छ ।
सप्तरी जिल्ला अदालतको आदेशले सप्तरीको शम्भुनाथ नगरपालिका २ भलुवाही बस्ने २५ वर्षिय रामपुकार माझी र सोही स्थान निवासी २२ वर्षिय रामस्वरुप मण्डललाई पूर्पक्षका लागि कारागार चलान गरिएको हो ।
प्रहरी अनुसार गत माघ २५ गते रुपनीबाट खटिएको गस्ती टोलीले बिशेष सुराकीको आधारमा दुबै जनलाई शम्भुनाथ २ भलुवाहीबाट भरुवा बन्दुक एक थानसहित पक्राउ गरेको थियो । उनीहरुमाथी हातहतियार खरखजना मुद्दा चलाइएको प्रहरीले जनाएको छ ।
यस्तै सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नं. ७ बस्ने २७ वर्षिय धरमदेव मण्डललाई पनि अदालतले पूर्पक्षका लागि कारागार चलान गरेको छ ।
सामुहिक जबरजस्तीकरणी र आत्महत्या दुरुत्साहन मुद्दाका फरार प्रतिवादीहरु मध्ये एक मण्डललाई आइतबार सप्तरी जिल्ला अदालतको आदेशले पुर्पक्षका लागी कारागार चलान गरिएको हो ।
यसैगरि कुटपिट मुद्दामा अदालतले कैद र जरिवाना फैसला गरे लगत्तै फरार रहेका डाक्नेश्वरी नगरपालिका ७ बस्ने ५० वर्षिय शुकल मुखियालाई प्रहरीले पक्राउ गरेर अदालतमा पेश गरि कारागार चलान गरिएको छ ।
२०७३ माघ ६ गतेको फैसलाले मुखियालाई ३ महिना कैद र १ हजार जरिवाना तोकिएको थियो । उनलाई प्रहरीले घरबाटै पक्राउ गरी सप्तरी जिल्ला अदालतमा पेश गराएर कैद भुक्तानका लागी कारागार पठाएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/07/02 गोली प्रहारबाट सन्तको हत्या, प्रदेश प्रहरीबाट समेत घटनाको अनुसन्धान हुँदै
- 2082/07/01 सप्तरीका पाँच गरि देशभरका ४३ स्थानीय तहले अझै ल्याएनन् बजेट
- 2082/07/01 सञ्चारकर्मीहरू आफै मर्यादित र जिम्मेवार भई पत्रकारिता पेशाको मर्यादा राख्नु पर्छ ः वक्ताहरु
- 2082/07/01 पत्रकारिताको आडमा हुने कुनैपनि अराजक गतिविधि सहनीय नहुने ः पत्रकार महासंघ
- 2082/06/30 मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सोनलसहित दुई मन्त्रीद्वारा शपथ
- 2082/06/30 मन्दिर तथा जलाशयको सरसफाई गर्दै मनाइए प्रहरी दिवस
- 2082/06/30 प्रहरीलाई नै धम्क्याएको आरोपमा यूटुवर मानव पक्राउ
- 2082/06/30 थानकोट प्रहरी बृतबाट फरार प्रतिवादी सप्तरीमा पक्राउ
- 2082/06/30 छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु
- 2082/06/28 अदालतबाट न्याय पाए पनी कार्यान्वयन नहुँदा भौतारिदै भगत परिवार
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ