News Category 2077/12/10
मेयरकप सप्तरी प्रिमियर लिग, बजाज खडक वारियर्स र रुपनी राईडर्स विजयी
दैनिक समाचारदाता
राजविराज, १० चैत ।
राजविराजमा जारि मेयर कप सप्तरी प्रिमियर लिग अन्तर्गतको मंगलबार सम्पन्न खेलमा रुपनी राईडर्स र बजाज खडक वारियर्स बिजयी भएका छन् ।
राजविराजस्थित राजरंगशालामा सम्पन्न पहिलो खेलमा रुपनी राईडर्सले तिलाठी कोईलाडी जायन्टसलाई १५ रनले पराजित गरेको छ ।
रुपनी राईडर्सले दिएको १ सय ५४ रनको लक्ष्य पछ्याउने क्रममा तिलाठी कोईलाडी जायन्टसले १९.३ ओभरमा सम्पूर्ण विकेट गुमाएर १ सय ३८ रनमा सीमित भएको थियो ।
लक्ष्य पछ्याउने क्रममा तिलाठी कोईलाडीको लागि कप्तान दिपेन्द्र सिंह ऐरीले सर्वाधिक ४९ रन, सन्तोष कार्कीले ३७ रन तथा दिपेश कंडेलले २८ रनको योगदान दिएका थिए ।
बलिङतर्फ रुपनी राईडर्सका अनिल यादव र सुमित झाले २/२ विकेट लिए भने सुनिल धमला, फिर्दोश अन्सारी र कुशल भुर्तेलले १/१ विकेट लिए ।
यस अघि टस जितेर ब्याटिंग गरेको रुपनी राईडर्सले २० ओभरमा ७ विकेट क्षतीमा १ सय ५३ रन बनाएको थियो । रुपनीका लागि अमित यादवले सर्वाधिक ४६ रन बनाए भने सुनिल धमलाले ३२, लोकेश बमले २२ रन, फिर्दोश अन्सारीले २० तथा निरज मुखियाले १७ रन बनाए ।
बलिङमा तिलाठी कोईलाडीका दिपेश कंडेलले सर्वाधिक ३ विकेट, राशिद खान र आदील अन्सारीले १/१ विकेट लिएका थिए । सो खेलमा प्लेयर अफ द म्याच रुपनी राईडर्सका सुनिल धमला घोषित भए ।
त्यस्तै मंगलबारै सम्पन्न दोश्रो खेलमा बजाज खडक वारियर्सले बोदे बरसाईन थन्डर्सलाई ४१ रनले पराजित गर्दै जित हासिल गरेको छ ।
बजाज खडक वारियर्सले दिएको १ सय ८७ रनको लक्ष्य पछ्याउने क्रममा बोदे बरसाईन थन्डर्सले २० ओभरमा सम्पूर्ण विकेट गुमाएर १ सय ४५ रन मात्र बनाउन सफल भयो । जसमा कप्तान सिद्धान्त लोहनीले सर्वाधिक २९ रन, अविनाश कर्णले १९ रन, योगेन्द्र सिंह कार्कीले १७ रन, सकिम आलम र बिशाल सुश्लिंगले १४/१४ रन तथा बसन्त रेग्मीले १३ रन बनाएका थिए ।
बलिंङमा बजाज खडकका अनिल खरेलले सर्वाधिक ४ विकेट, भुलावन सहानीले ३ विकेट तथा पप्पु यादव र पवन सर्राफले १/१ विकेट लिए ।
यस अघि टस जितेर ब्याटिङ रोजेको बजाज खडक वारियर्सले २० ओभरमा ३ विकेट क्षतीमा १ सय ८६ रन बनाएको थियो । जसमा अनिल शाहले प्रतियोगिताकै पहिलो शतक बनाउन सफल भए । उनले अविजित १०० रन बनाए । त्यस्तै विवेक यादवले ३०, प्रशान्त राईले २७ तथा पवन सर्राफले अविजित २२ रनको योगदान दिए ।
बलिङमा बोदे बरसाईन थन्डर्सका बसन्त रेग्मीले सर्वाधिक २ विकेट, पप्पु यादवले १ विकेट लिएका थिए । सो खेलको प्लेयर अफ द म्याच अनिल शाह घोषित भए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/14 नेपालकै पुरानो चन्द्रनहरको ३२ स्थानमा पुनर्निमाण कार्य सकाएर जापानद्वारा नेपाललाई हस्तान्तरण
- 2082/10/14 एकै रात प्रहरीका घरदेखि साईकल मरम्मतका पसल सम्म चोरी
- 2082/10/13 सप्तरीमा प्रतिनिधिसभा सदस्य निर्वाचन, पूर्वउपप्रधानमन्त्री, पूर्वमुख्यमन्त्री, पूर्वमन्त्री, पूर्वसांसद, संविधानसभा सदस्यसहितका उम्मेदवार चुनावी मैदानमा
- 2082/10/13 आचारसंहिता विपरीत झुण्डाइएका सामाग्रि हटाउन निर्देशन
- 2082/10/13 सप्तरी निर्वाचन क्षेत्र नं. १ मा रोचक प्रतिस्पर्धा नयाँ र पुराना दल आमने–सामने
- 2082/10/13 बरख गणद्वारा न्यानो कपडा वितरण
- 2082/10/13 विपन्न विद्यार्थीहरुलाई झोला तथा स्टेशनरी वितरण
- 2082/10/13 नेशनल प्याब्सन सप्तरीका पुर्व अध्यक्ष साहको निधन
- 2082/10/13 रहेनन् पुराना काँग्रेसी भरत
- 2082/10/11 सप्तरीमा १ सय २ मध्ये २० जना महिला उम्मेदवार, पार्टीको टिकटबाट मात्र ७ जना तथा १३ जनाको स्वतन्त्र उम्मेदवारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ