News Category 2077/12/15
सप्तरीमा पूर्व युवराज पारसको नागरिक अभिनन्दन गरिने
राजविराज/सप्तरीमा धार्मिक भ्रमणका आउने तय भएको पूर्व युवराज पारसको नागरिक अभिनन्दन गरिने भएको छ ।
चैत १८ गते राम हनुमान आराधना मण्डल तथा २०४७ को संविधान पुर्नस्थापना हाम्रो अभियान नामक संगठनले संयुक्त रुपमा नागरिक अभिनन्दन गर्ने भएका छन् ।
सो बारे जानकारी गराउने उद्देश्यले शनिबार आयोजित पत्रकार सम्मेलनमा अभियानका संयोजक डा. देवनारायणले नागरिक अभिनन्दनका लागि ५ सय १ सदस्यीय मूल समारोह समिति गठन गरिएको बताएका छन् ।
आयोजित उक्त पत्रकार सम्मेलनमा अभियानका केन्द्रिय संयोजक किशोरी महतोले पूर्व यूवराज पारस जिल्लाको भारदहस्थित कंकालिनी मन्दिर, हनुमाननगरस्थित हनुमान मन्दिर लगायतका धार्मिक स्थलको दर्शनमा पहिले सहभागि भएपछि कंचनरुप नगरपालिकाको बरमझिया खेल मैदानमा नागरिक अभिनन्दन गरिने कार्यक्रम तय भएको जानकारी दिए ।
पत्रकार सम्मेलनमा राम हनुमान आराधना मण्डलका अध्यक्ष रामेश्वर यादवले समारोहका लागि आवश्यक सबै तयारी पूरा भइसकेको जानकारी दिएका छन् ।
अभियानका रौतहट जिल्ला संयोजक शैलेन्द्र सिंहले उक्त अवसरमा विभिन्न स्थानका साधुसन्त लगायत गरि १० हजार भन्दा बढीको सहभागिता रहने दाबी गर्दै समारोहमा पूर्व युवराज्ञी हिमानी शाहसमेतको सहभागिता रहने सम्भावना रहेपनि यसबारे टुङ्गोचाही लागि नसकेको जानकारी दिए ।
पत्रकार सम्मेलनमा आराधना मण्डल एवं अभियानका अगुवा छोटेलाल साह, राजु हमाल ठकुरी, हरिप्रसाद बडाल, सीताराम खत्वे, कैलीदेवी सरदारनी, बिनोद यादव, लगायतको उपस्थिति रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/05 मनोनयन प्रक्रियादेखी मतगणना प्रक्रियासम्म सबै सुरक्षा व्यवस्थापनको तयारी
- 2082/10/05 सप्तरी २ बाट उम्मेदवारी दिन्छु ः पूर्वमुख्यमन्त्री सिंह
- 2082/10/05 राजविराज बसपार्क यथासिघ्र संचालनमा ल्याउने मन्त्री सुमनको प्रतिबद्धता
- 2082/10/05 मेयरकप फुटबल प्रतियोगितामा शम्भुनाथ विजयी
- 2082/10/05 प्रधानमन्त्री कप जिल्ला छनोट क्रिकेटमा शम्भुनाथ बिजयी
- 2082/10/03 सप्तरीमा निर्वाचन अधिकृतको कार्यालय स्थापना
- 2082/10/03 सप्तरीको समग्र विकासका लागि पहल भइरहेको छ ः मन्त्री गुप्ता
- 2082/10/03 सप्तरीमा निर्वाचन प्रहरीका लागि झण्डै दोब्बर आवेदन
- 2082/10/03 छुट्टाछुट्टै स्थानमा आगलागि हुँदा दश लाख मूल्य बराबरको क्षति
- 2082/10/01 मकर संक्रान्तिमा श्रीराम खिचडी प्रसाद र न्यानो कपडा वितरण
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ