News Category 2077/12/15
बीस वर्ष कैद सजाय तोकिएका फरार प्रतिवादी पक्राउ
दैनिक समाचारदाता
राजविराज, १५ चैत ।
अदालतबाट २० वर्ष कैद सजाय तोकिएपछि फरार भएका एक प्रतिवादीलाई सप्तरी प्रहरीले २० वर्षपछि पक्राउ गरेको छ ।
कर्तव्य ज्यान तथा ज्यान मार्ने उद्योग मुद्धामा फरार भएका सप्तरीको बलान बिहुल गाउँपालिका ३ बस्ने ५४ वर्षिय लक्ष्मण भन्ने धनीलाल साह तेलीलाई प्रहरीले पक्राउ गरेको हो ।
घरमै लुकिबसेको अवस्थामा गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय कडरबोनाबाट खटेको टोलीले शनिबार साँझ उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
प्रहरीका अनुसार २०५७ साल साउन ३ गते राती १२ बजेतिर सोही वडा निवासी दशरथ साह पिसाब फेर्न घर बाहिर निस्केको बेला पुरानो रिसिइबी साध्न खुकुरी तथा लाठी फट्टाले आक्रमण गरि हत्या गरेको आरोपमा साहमाथी कर्तव्य ज्यान तथा ज्यान मार्ने उधोग मुद्दा चलाइएको थियो । घटना लगत्तै उनी फरार भएका थिए ।
दशरथको हत्या भएको ठहर गर्दै दायर गरिएको मुद्धामा सप्तरी जिल्ला अदालतले २०६५ चैत ११ गते २० वर्ष कैद सजायको फैसला सुनाएको थियो । सोही मुद्धामा तत्कालिन पुनरावेदन अदालत राजविराजले २०६७ साल चैत २२ गते तथा २०७२ साल माघ १ गते सर्वोच्च अदालत समेतले जिल्ला अदालतकै फैसलालाई सदर गर्दै २० वर्ष कैद सजाय ठहर गरेको थियो ।
यता आइतबार सप्तरी जिल्ला अदालतमा उपस्थित गराइएका साहलाई कैद सजाय भुक्तानका लागि कारागार चलान गरिएको सप्तरीका प्रहरी उपरिक्षक राजेन्द्र धमलाले जानकारी दिएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/16 पत्रकार महासंघको स्थापना दिवसमा कान शिविर सम्पन्न
- 2082/12/16 काँग्रेसका पुराना नेता १ सय ९ वर्षिय टुनटुनको निधन
- 2082/12/16 लागुऔषध र मोटरसाइकलसहित चार युवक पक्राउ
- 2082/12/15 राजरंगशालाको प्रवेशद्वार र प्यारापिट अतिजिर्ण
- 2082/12/15 नेकपा एमाले सप्तरीद्वारा प्रधानमन्त्रीलाई ज्ञापन
- 2082/12/11 “लेखनाथ आदर्श पुस्तकालय” को हल निर्माणका लागि प्रक्रिया सुरु
- 2082/12/10 मानव स्वास्थ्यको ख्याल गर्दै लामखुट्टे विरुद्धको विषादी छर्किनमा समस्या ः राविनपा
- 2082/12/10 सडक मापदण्डमा परेका संरचना डोजर लगाएर भत्काउन सुरु
- 2082/12/10 धुमधामका साथ मनाईदै चैती छठ
- 2082/12/09 लामखुट्टे नियन्त्रणका लागि औषधि छर्किने बारे नगरपालिका र प्रशासन कार्यालयमा ज्ञापन
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ