News Category 2077/12/19
पूर्व युवराज पारसलाई सप्तरीमा स्वागत र अभिनन्दन
दैनिक समाचारदाता
राजविराज, १९ चैत ।
पूर्व यूवराज पारसलाई सप्तरीमा राजावादी तथा हिन्दुवादी धार्मिक संघ संगठनले स्वागत र अभिनन्दन गरेका छन् । अभिनन्दन सँगै पारसले जिल्लाको कंचनरुप नगरपालिका ३ स्थित प्रसिद्ध दुर्गा मन्दिरको दर्शन तथा पूजापाठ गरेका छन् ।
मन्दिरबाट पैदलै कार्यक्रम स्थल पुगेका पूर्व यूवराज पारसले नागरिकहरुको स्वागत तथा अभिनन्दन ग्रहण गरेका थिए ।
बुधबार दिउँसो आएका पूर्व यूवराज दुर्गा मन्दिरमा विशेष पूजा गरेपछि श्रीराम हनुमान आराधना मण्डल तथा २०४७ सालको संविधान पुर्नस्थापना हाम्रो अभियान नामक संस्थाद्वारा संयुक्त रुपमा बरमझिया खेल मैदानमा आयोजित स्वागत तथा अभिनन्दन समारोहमा सहभागि भएका थिए ।
उनको स्वागतका लागि अभियानका संयोजक किशोरी महतो, आराधना मण्डलका देवनारायण महतो, अभियानका रौतहट जिल्ला संयोजक शैलेन्द्र सिंह लगायत ठूलो संख्यामा सर्वसाधारणको सहभागिता रहेको थियो ।
अभिनन्दनका अवसरमा जगतगुरु शंकराचार्य कृष्णदेव गिरी जी महाराजको समेत उपस्थिति रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/28 निर्वाचन प्रहरीलाई प्रमाण पत्र प्रदानसहित बिदाई
- 2082/11/28 नाबालिका माथी ६८ वर्षिय बृद्धद्वारा यौन दुव्र्यबहार
- 2082/11/28 दलित कृषकलाई बीउबिजन र कृषि सामग्री वितरण
- 2082/11/27 सप्तरीमा प्रत्यक्ष र समानुपातिकतर्फ दुबैमा रास्वपा नै पहिलो, दुबै प्रणालीतर्फ ३५ हजार ६ सय ९३ मत बदर
- 2082/11/26 सप्तरीमा प्रत्यक्षतर्फ १९ हजार भन्दा बढी मत बदर
- 2082/11/26 सप्तरीमा यस बर्ष आँपको उत्पादनमा वृद्धि हुने अनुमान
- 2082/11/26 पोखरीमा माछा मार्न गएका युवकको डुबेर मृत्यु
- 2082/11/25 सप्तरीमा १ सय २ मध्ये ८९ उम्मेदवारको जमानत जफत, १३ जना उम्मेदवारले मात्र जमानत जोगाउन सफल
- 2082/11/25 अस्पतालमा आगलागी, लाखौं मुल्य बराबरको स्वास्थ्य उपकरण जले
- 2082/11/24 सप्तरीको चार वटै क्षेत्रमा रास्वपाको “क्लिन स्वीप”, मधेशवादी दलका दुई अध्यक्ष फराकिलो मतान्तरले पराजित
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ