News Category 2077/12/21
रेशम चौधरीलाई जेलमुक्त नगरेसम्म सरकारमा नजाने : नेता महतो
दैनिक समाचारदाता
राजविराज, २० चैत ।
जनता समाजवादी पार्टीका वरिष्ठ नेता अशोक राईले रेशम चौधरीलाई षड्यन्त्रपूर्वक फसाएको भन्दै उनले चाडै न्याय पाउने दाबी गरेका छन् ।
पार्टीको थारु संघद्वारा सप्तरीको शम्भुनाथ नगरपालिका ७ स्थित कठौनामा शुक्रवार आयोजित रेशम चौधरी रिहाई राष्ट्रिय जागरण सभालाई सम्बोधन गर्दै उनले सो दाबी गरेका हुन् ।
रेशम चौधरीसहित थारुहट, मधेस बिद्रोहका क्रममा नेताकार्यकर्ताहरु माथी लगाएको झुठा मुद्दा समेत फिर्ता हुने बताउदै नेता राईले जसपा उत्पीडित र अन्यायमा परेका समुदायको अधिकार सुनिश्चितताका लागि प्रतिबद्ध रहेको उल्लेख गरे ।
सभालाई सम्बोधन गर्दै अर्का वरिष्ठ नेता राजेन्द्र महतोले अधिकार प्राप्तिको लागि राष्ट्रिय मुक्ति आन्दोलन आवश्यक रहेको जिकिर गरे । रेशम चौधरीलाई जेलमुक्त नगरेसम्म सरकारमा नजाने पार्टीको अडान रहेकोले यसमा कसैलाई शंका नगर्न आग्रह पनि गरे ।
उनले जसपा सरकारमा जाने भ्रम तथा पार्टी फुट्ने भनेर गराइएको झुठा प्रचार मात्र भएको दाबी गरे । उनले मधेशी, आदिबासी, जनजाति, मुस्लिम, दलित तथा उपेक्षित वर्ग समुदायका लागि बनेको पार्टी ओली नेतृत्वको सरकारमा नजाने तथा नफुट्ने दाबी गरे ।
त्यस्तै सभामा पार्टीका कार्यकारिणी सभा सदस्य सरदसिंह भण्डारीले जसपा आन्दोलन र बिद्रोहबाट बनेको पार्टी भएकोले राष्ट्रका कुनै शक्तिले फुटाउन नसक्ने बताए ।
उनले ओलीको साईबरसेनाले जसपाको विरुद्ध झुठा प्रचारबाजी गरेर अफबाह फैलाएको दाबी गर्दै यस्ता भ्रममा नपर्न कार्यकर्तालाई आग्रह गरे ।
जसपा थारु संघका केन्द्रिय अध्यक्ष शम्भु चौधरीको अध्यक्षतामा आयोजित सभालाई जसपाका केन्द्रिय कार्यकारिणी समिती सदस्य तथा प्रदेश २ का सामाजिक बिकास मन्त्री नबलकिशोर साह, प्रतिनिधि सभा सदस्य चन्द्रकान्त चौधरी, राष्ट्रिय सभा सदस्यहरु मृगेन्द्रकुमार सिंह यादव, शेखर सिंह, जसपा कार्यकारिणी समिति सदस्यहरु रेणु यादव, राज कुमार लेखी, सुशिला श्रेष्ठ लगायतकाले सम्बोधन गरेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/09/01 आमा, बुवा र दाजु गुमाएपछि दिदी–बहिनीको जीवन कष्टकर
- 2082/09/01 उज्यालो नेपाल पार्टीले सबै जिल्लामा उम्मेदवारी दिने
- 2082/09/01 पूर्व महाप्रबन्धक मेहता र समाजसेवी यादव काँग्रेसमा प्रवेश
- 2082/09/01 अक्षयकोषवाट बालवालिकालाई छात्रबृति
- 2082/09/01 पाँचौ दिन पनि रिले अनसन जारि
- 2082/08/29 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै विगत चार दिनदेखी राजविराजमा जारि रिले अनसनमा चौथो दिन सोमबार निर्माण व्यवसायी संघ सप्तरीका पदाधिकारी तथा सदस्यहरुले ऐक्यबद्धता जनाउँदै रिले अनसनमा सहभागि । तस्बीर ः राजविराज दैनिक
- 2082/08/29 जसपा नेपालद्वारा बिरोध प्रदर्शन
- 2082/08/29 फरार १३ जना प्रतिवादी पक्राउ
- 2082/08/29 खाल्डोमा जमेको पानीमा डुबेर बालकको मृत्यु
- 2082/08/29 पठनशैलीको निरन्तरताका लागी पुस्तक प्रर्दशनी महत्वपूर्ण ः कावा मेयर परवीन
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ