News Category 2078/01/29
७० किलो गाजा बरामद
दैनिक समाचारदाता
पर्सा, २७ बैशाख ।
पर्सा प्रहरीले प्रतिबन्धित लागुऔषध ७० किलो गाजा बरामद गरेको छ ।
जिल्लाको बहुदरमाई नगरपालिका वडा नं. ९ विश्रामपुर बस्ने ४५ वर्षिय सोती कलवारको घरमा लुकाई राखेको अवस्थामा उक्त मात्राको गाजा बरामद गरेको हो ।
स्गाँजाको कारोबार गर्ने गरेको सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोली खानतलासी गर्ने गएको बेला प्रहरी टोलीलाई देख्ना साथ सोती कलवार मोटरसाइकल चढी फरार भएको प्रहरीले जनाएको छ ।
यता उनको घरमा खानतलासी गर्दा सुत्ने कोठाको खाटमुनि लुकाइछिपाई राखिएको हालसालै तयार गरिएको गाँजाको प्याकेट ८ थान ८, ४ वटा बाल्टिन भित्र राखिएको गाँजाको पोका ८ थान गरी जम्मा १६ वटा पोका भित्र गरी जम्मा ७० किलो ४८० ग्राम गाँजा फेला परेको पर्सा प्रहरीले जनाएको छ ।
उक्त गाँजा बरामद गरी प्रहरीले सोती कलवार बिरूद्ध लागू औषध गाँजा सम्बन्धी कसूरमा मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान कार्य गरिरहेको जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2081/01/26 नेपालको न्यायपालिका दक्षिण एशियामै अग्रस्थानमा ः न्यायधिश पोखरेल
- 2081/01/26 काशीराज–गंगादेवी स्मृति पुरस्कारबाट वरिष्ठ कानुन व्यवसायी सिंह सम्मानित
- 2081/01/26 संविधान कार्यान्वयनप्रति संघीय सरकार नै उदासीन ः मन्त्री लेखी
- 2081/01/25 बौद्धिक अपाङगता भएका लागि बजेट बिनियोजन गर्न तीनै तहलाई आग्रह
- 2081/01/25 घरबाट दराज र बाकसै उठाएर चोरी
- 2081/01/25 गर्भवती र सुत्केरी महिलाका लागि निःशुल्क एम्बुलेन्स सेवा
- 2081/01/24 मामाघर विवाहमा आएकी दिदीबहिनी चार दिनदेखी वेपत्ता
- 2081/01/24 अग्निपीडित परिवारलाई भडावर्तन, ग्यास चुल्हा र बाकस प्रदान
- 2081/01/24 महिलाहरु तरकारी खेतीतर्फ आकर्षित
- 2081/01/24 बैशाख २९ देखी राजविराजमा राष्ट्रिय महिला कबड्डी प्रतियोगिता हुने
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ