News Category 2071/05/20

छिन्नमस्ता शक्तिपीठको आय–व्यय सार्वजनिक, आय–व्यय बराबर

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, १९ भदौ । 
मुलुककै प्रसिद्ध छिन्नमस्ता सखडेश्वरी शक्तिपीठको आर्थिक वर्ष २०७०÷०७१ को आय व्यय एक कार्यक्रम बिच बिहीबार सार्वजनिक गरिएको छ । 
छिन्नमस्ता भगवति संरक्षण सम्वद्र्धन समितिद्धारा आर्थिक वर्ष २०७०÷०७१ मा ८८ लाख ३० हजार ८१ रुपैयाँ २२ पैसाको आय व्यय सार्वजनिक गरिएको हो । 
समितिका सचिव अरुण मण्डलले प्रस्तुत गर्नुभएको आय–व्ययमा आय र व्यय बराबर अर्थात ८८ लाख ३० हजार ८१ रुपैयाँ २२ पैसा रहेको छ ।
समितिद्धारा प्रस्तुत आयतर्फ अल्या बैंक मौज्दात ३ लाख १३ हजार १ सय ७४ रुपैयाँ १८ पैसा, नगद मौज्दात ८८ हजार ८ सय ६० रुपैयाँ ५० पैसा, बलि प्रदानबाट १२ लाख ७३ हजार ४ सय ६२ रुपैयाँ, पसल भाडाबाट ८० हजार ३ सय ९१ रुपैयाँ, हुलाक भाडाबाट ६ हजार, धर्मशालाबाट ३३ हजार ६ सय ९१ रुपैयाँ, विवाह मुन्डन र व्रतबन्तबाट १ लाख ५ सय ९४ रुपैयाँ, चन्दाबाट ४४ हजार ८ सय १९ रुपैयाँ, पोखरीबाट १५ हजारसय २५ रुपैयाँ, दान पेटिकाबाट ३ लाख ६२ हजार १ सय ७७ रुपैयाँ सार्वजनिक गरियो । 
त्यस्तै गाडी पार्किङ्गबाट ३ लाख ४१ हजार १५ रुपैयाँ, विशिष्ट पुजा पिकनिक स्थलबाट १ लाख १९ हजार ४ सय ५२ रुपैयाँ, दुर संचार भाडाबाट १३ हजार ८ सय ५० रुपैयाँ, पर्यटक विभाग जनकपुरबाट ४ लाख ७५ हजार, विविध २५ हजार ९ रुपैयाँ, जिविसबाट ५ लाख र गिलेशन निमार्ण धरौटीबाट ४७ लाख ३८ हजार, पर्यटन मन्त्रालयबाट २ लाख र आव भन्दा व्यय ८९ हजार ३ सय ६१ रुपैयाँ ५४ पैसा बढी प्रस्तुुत गरिएको छ । 
यसैगरी व्यय तर्फ कर्मचारी तलव भत्ताबापत २ लाख ९ हजार ६ सय ५२ रुपैयाँ, चापाकल, जेनेरेटर इन्र्भटर डिजिटल बापत ४ लाख ४७ हजार ९४ रुपैयाँ, लेखापरीक्षण वापत १६ हजार वडा दशै खर्च वापत २ लाख २३ हजार ३ सय, निमार्ण वापत ४ लाख ५७ हजार ३ सय २३ रुपैयाँ, बिजुली वापत ३ लाख ४९ हजार २ सय ८२ रुपैयाँ, आर्थिक सहायता ३५ हजार २ सय ६०, नयाँ जेनेरेटर ब्याट्री १ लाख ६७ हजार २ सय यात्री सेड निमार्ण ५ लाख, वाउण्ड्रीवाल, ग्रील निमार्ण ४ लाख ७५ हजार, पत्रपत्रिका विज्ञापन २ हजार ५ सय,माछाको भुरा खरीद ५७ हजार ५ सय, उमेश ठाकुरको पेश्की १० हजार, गिलेशन लगानी २ लाख २३ हजार ६ सय ६६ र विविध खर्च २ लाख ७३ हजार ३ सय ८७ रुपैयाँ ८० पैसा सार्वजनिक गरेको छ । 
त्यस्तै बैंक मौज्दात ३५ हजार ७ सय ८ रुपैयाँ ९२ पैसा, गिलेशन निमार्ण तर्फ छड ८ लाख ३८ हजार ८ रुपैयाँ, ईटा १२ लाख ९४ हजार ५ सय, सिमेन्ट ८ लाख ५८ हजार ५ सय ३५, बालु १ लाख ७९ हजार २ सय ७०, रिंग तार १ लाख २० हजार ४ सय ६ रुपैयाा ५० पैसा मिस्त्री ज्याला १० लाख १३ हजार ४ सय ३६, माटो १ लाख ६ हजार ६ सय ७५ रुपैयाँ, निमार्ण सामग्री ३३ हजार ७ सय १० रुपैयाँ, प्रशासनिक खर्च २५ हजार लगायत रहेको प्रस्तुत व्ययमा रहेको छ । 
त्यस्तै १ लाख १४ हजार २ सय धरौटी लिन पसलहरुबाट बाँकी रहेका छन भने गिलेशनको धरौटी ४७ लाख ३८ हजार, मन्दिरको कुल सम्पत्ति ४३ लाख ९३ हजार ८ सय ९६ रुपैयाँ ८ पैसा, असुल गर्न बाँकी ४ लाख २२ हजार ५ सय ९५ र बैंक मौज्दात ३५ हजार ७ सय ८ रुपैयाँ ९२ पैसा रहेको प्रस्तुत आय व्ययमा उल्लेख रहेको छ । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट