News Category 2071/05/25

विपद् न्युनिकरण र जलवायु परिवर्तन सम्बन्धि पाठ्यक्रममा समावेश गर्न जोड

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, २४ भदांैं । 
विपद् न्युनिकरण र जलवायु परिवर्तन सम्बन्धि पाठ्यक्रममा समावेश गर्न मंगलबार राजविराजमा आयोजित एक कार्यक्रममा जोड दिइएको छ । 
युनिसेफको सहयोगमा, नेपाल रेडक्रस सोसाईटी र जिल्ला शिक्षा कार्यालय सप्तरीको सहकार्य तथा एनसेट र जिविस सप्तरीको आयोजनामा आयोजित विपद् जोखिम व्यवस्थापन सम्बन्धि अभिमुखिकरण कार्यक्रममा सो कुरामा जोड दिइएको हो । 
जलवायु परिवर्तन विपद् जोखिमको पूर्व अनुमान, पूर्व तयारी र व्यवस्थापन गर्ने क्षमतामा बृद्धि गरि बालबालिकाको सुरक्षा र सामुदायिक अभिबृद्धि गर्ने सम्बन्धमा समेत जोड दिइएको छ ।  
सोही कार्यक्रममा विपद् न्युनिकरण सम्बन्धि सप्तरी जिल्लाको रामनगर, रौतहट र सिस्वा बेल्ही गाविस संचालन गरिने जानकारी दिइएको छ । 
निमित्त स्थानिय विकास अधिकारी तारणी प्रसाद चौधरीको अध्यक्षता तथा शिक्षा विभागका उपनिर्देशक तथा विपद् व्यवस्थापन शाखाका प्रमुख शिवप्रसाद उप्रेतीको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा जिल्ला शिक्षा अधिकारी डिक बहादुर राई, जिल्ला प्रशासन कार्यालयका प्रशासकिय अधिकृत विश्वनाथ ओझा, एनसेटका निर्देशक सूर्य आचार्य, युनिसेफका जिल्ला संयोजक अशोक झा लगायतका वक्ताहरुले विपद् न्युनिकरण र जलवायु परिवर्तन बारे आ–आफ्नो धारणा व्यक्त गर्नुभएको थियो । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट