News Category 2078/10/06
टि २० विश्वकप क्रिकेट छनोटका लागि घोषित टिममा सप्तरीका बिबेक यादव परे
दैनिक समाचारदाता
राजबिराज, ६ माघ ।
आगामी फेब्रअरी १७ तारिख देखि ओमानमा हुने टि ट्वान्टी क्रिकेट विश्वकप ग्लोबल छनोट प्रतियोगिताका लागि १६ सदस्यीय टिमको घोषणा गरिएको छ ।
नेपाल क्रिकेट संघले बिहीबार घोषणा गरेको उक्त टिममा सप्तरीका अलराउन्डर बिवेक यादव पर्न सफल भएका छन् । उनले हालै सम्पन्न प्रधानमन्त्री कप टि २० राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका थिए ।
प्रदेश २ को प्रतिनिधित्व गरेका बिबेक यादव पछिल्लो समय घरेलु क्रिकेटमा पनि उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । यु १९ राष्ट्रिय टिमको लागि खेलिसकेका अलराउण्डर यादवले प्रधानमन्त्री कपमा ४ खेलमा ८७ रन बनाएका थिए । गत वर्ष एभरेस्ट प्रिमियर लिगमा शानदार ब्याटिंग गरेका यादवले ५ इनिङमा १ सय १६ रन बनाएका थिए ।
सन्दिप लामिछानेको कप्तानीमा ब्याट्सम्यानहरुमा कुशल भुर्तेल, आसिफ शेख, दिपेन्द्र ऐरी, ज्ञानेन्द्र मल्ल, शरद भेसवाकर, आरिफ शेख, कुशल मल्ल, बिबेक यादव, प्रदिप ऐरी र लोकेश बम छन् भने बलरहरुमा करन केसी, अविनाश बोहरा, कमल सिंह ऐरी, जितेन्द्र मुखिया र शाहब आलम छनोट भएका छन् ।
नेपालले ओमानमा फ्रेबअरी १७ देखि २४ तारिखमा ग्लोबल क्वालीफायर ‘ए‘ खेल्दैछ । प्रतियोगितामा नेपालसहित आयोजक ओमान, आयरल्याण्ड, जर्मनी, फिलिपिन्स, युएई, बहराईन, क्यानडा प्रतिस्पर्धा गर्दैछन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2081/01/23 पत्रकार खतिवडा र यादव “प्रेस स्वतन्त्रता सेनानी” बाट सम्मानित
- 2081/01/23 अशोक राईको अध्यक्षतमा नयाँ पार्टीका लागि निर्वाचन आयोगमा निवेदन
- 2081/01/23 जेसीजलाई युवाहरु माझ पु¥याउनु आवश्यक ः राष्ट्रिय उपाध्यक्ष राजवंशी
- 2081/01/23 संस्कृतिको संरक्षण र सम्बद्र्धन हाम्रै दायित्व हो ः तातेड़
- 2081/01/23 राजविराज नगरपालिकाको सिफारिसमा विद्यार्थीको “ब्लड ग्रुप टेस्ट” गरेर शुल्क असुल्दै, गैसस शुल्क लिने कार्य गैससको विधान विपरीत ः वरिष्ठ केन्द्रिय उपाध्यक्ष देव
- 2081/01/22 विपत् पूर्व तयारीमा हामी चुकेका हौं !
- 2081/01/22 सरसफाईमा जुटे सुरक्षा निकाय, अग्निपीडित बस्तीमा खानेपानी सरसफाई सुविधा पु¥याइदै
- 2081/01/22 आगलागी वस्तीमा मैले जे देखें ः अद्भुत र अविश्वसनिय
- 2081/01/22 अग्निपीडित महिलालाई एकल महिलाको सहयोग
- 2081/01/22 महिला सशक्तिकरणको लागि छिन्नमस्तामा ’रुइ’ परियोजना संचालनमा
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ