News Category 2078/10/14

पूर्व अन्तर्राष्ट्रिय क्रिकेटर दिपेन्द्र  चौधरी क्यानको सेलेक्टर नियुक्त 

दैनिक समाचारदाता

पूर्व अन्तर्राष्ट्रिय क्रिकेटर दिपेन्द्र  चौधरी क्यानको सेलेक्टर नियुक्त 

चन्दनकुमार यादब 
राजबिराज, १४ माघ ।
    सप्तरीका पुर्व अन्तराष्ट्रिय खेलाडी दिपेन्द्र चौधरीलाई नेपाल क्रिकेट संघले खेलाडी छनोट समितिको संयोजकमा नियुक्त गरेको छ ।
    बिहिवार भैरहवामा सम्पन्न नेपाल क्रिकेट संघ वोर्ड बैठकवाट चौधरीलाई खेलाडी छनोट समितिको संयोजकमा नियुक्त गरेको हो । 
    यसैगरी बैठकले सप्तरी क्रिकेट मैदानका लागि एक जना पुर्व राष्ट्रिय खेलाडी धर्मेन्द्र चौधरीलाई मैदान कर्मचारीमा नियुक्त गर्ने निर्णय गरेको क्यानका कोषाध्यक्ष रोशन कुमार सिहले जानकारी दिएका छन् ।
    त्यस्तै सप्तरीसहित पोखरा, भैरहवा र धनगढी क्रिकेट मैदानमा दुई÷दुई जना तथा जनकपुरमा एक जना मैदान कर्मचारी नियुक्त गरेको छ ।
    बैठकले संघको वार्षिक साधारणसभा फागुन १३ र १४ गते धनगढीमा गर्ने निर्णय समेत गरेको छ । अध्यक्ष चतुरबहादुर चन्दको संयोजकत्वमा पाँच सदस्यीय कार्यसम्पादन समिति पनि गठन गरेको छ । समितिमा कार्यवाहक सचिव प्रशान्त विक्रम मल्ल, कोषाध्यक्ष रोशन कुमार सिंह, सदस्य दुर्गाराज पाठक र सदस्य पदम बहादुर खड्का रहेका छन् ।
    साथै आर्थिक समितिको संयोजकमा रोशन कुमार सिंह, प्राविधिक समितिको संयोजकमा बिरेन्द्र बहादुर चन्द, प्रतियोगिता समितिको संयोजकमा माधव कर्माचार्य तथा क्रिकेट समितिको संयोजकमा कैलाश बिस्टलाई मनोनयन गर्ने निर्णय गरेको छ । 
    बैठकले कप्तान सन्दिप लामिछानेसहित पाँच खेलाडीलाई ग्रेड ‘ए’ मा समाबेश गर्दै नेपाल क्रिकेट संघले २०२२ को केन्द्रिय सम्झौता सार्वजनिक गरेको छ । 
    बैठकले अनुशासनको कारवाही गर्दै चार जना खेलाडीलाई ज्ञानेन्द्र, दिपेन्द्र, कमल र सोमपाललाई ६ महिना केन्द्रिय सम्झौतामा नराख्ने निर्णय औपचारिकरुपमा फिर्ता लिएको छ । 
    ग्रेडिंग लगायत विषयमा चित्त नबुझेपछि खेलाडीहरुले राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा सहभागी हुन अस्विकार गरेका थिए जसपछि क्यानले कारवाही फिर्ता लिने सम्झौता गरेको थियो । 
    कप्तानको रुपमा ज्ञानेन्द्र मल्ललाई हटाउने र सन्दिप लामिछानेलाई नियुक्त गर्ने बाहेक अन्य कारवाही क्यानले फिर्ता लिएको छ । 
    क्यानले तिब्र गति बलिंग अलराउण्डर सोमपाल कामि, ज्ञानेन्द्र मल्ल, दिपेन्द्र ऐरी र करन केसी पनि ‘ए’ ग्रेडमा छन् । शरद भेषवाकर, कुशल भुर्तेल, आसिफ शेख र अविनाश बोहरा ग्रेड ‘बि’ मा छन् । यस्तै कुशल मल्ल, रोहित पौडेल, कमल सिंह ऐरी, शाहब आलम, पवन सर्राफ र सुशन भारि ग्रेड ‘सी मा छन् । ग्रेड ‘ए’, ‘बि’ र ‘सी’ मा भएका पुरुष क्रिकेटरको मासिक क्रमशः ५० हजार, ४० हजार र ३० हजार रुपैयाँ रहेको छ । 
 

प्रतिकृया दिनुहोस

ताजा अपडेट