News Category 2078/11/14
राजविराज प्रिमियर लिग सुरु
राजविराज÷राजविराज प्रिमियर लिग टि–ट्वान्टी क्रिकेट प्रतियोगिता शनिबारदेखी सुरु भएको छ ।
स्थानिय पविमाविको खेल मैदानमा सुरु भएको उक्त प्रतियोगिताको नगर प्रमुख शम्भु प्रसाद यादवले ब्याटिङ, उपप्रमुख साधना झाले बलिङ तथा वडा अध्यक्ष समिर झाले अम्पायरिङ गर्दै प्रतियोगिताको उद्घाटन गरेका छन् ।
प्रतियोगिताको उद्घाटन खेलमा वडा ३ क्रिकेट क्लबले वडा १ क्रिकेट क्लबलाई ९ विकेटले हराउँदै बिजयी सुरुवात गरेको छ ।
टस जितेर ब्याटिङ गर्दै वडा १ क्रिकेट क्लबले १५ दशमलब ५ ओभरमा सम्पूर्ण विकेट गुमाई १ सय १७ रनको चुनौती पेश गरेको थियो ।
जवाफि ब्याटिङमा उत्रेका वडा ३ क्रिकेट क्लबले १० दशमलब ४ ओभरमै बिजयी लक्ष्य हासिल गरेको थियो । उक्त खेलको म्यान अफ दि म्याच बिजयी टिमका रबिन सिंह घोषित भए ।
राजविराज नगरपालिका तथा अन्य संघसंस्थाको सहयोग र वडा ५ कार्यालयको आयोजनामा संचालित प्रतियोगितामा कुल ६ वटा टिमको सहभागिता रहेको वडा अध्यक्ष समिर झाले बताए ।
प्रतियोगिताको प्रथम हुने टिमलाई नगद ५१ हजारसहित ट्रफि र मेडल प्रदान गरिने छ । यस्तै दोश्रो हुने टिमलाई २५ हजार नगदसहित ट्रफि र मेडल प्रदान गरिने छ ।
उद्घाटन समारोहको संचालन क्रिकेटर पवन दासले तथा अतिथिहरुको स्वागत वडा सदस्य गंगासागर गुप्ताले गरेका थिए । फागुन २० गतेसम्म चल्ने प्रतियोगितामा उत्कृष्ट बलर र उत्कृष्ट ब्याट्सम्यानलाई पनि पुरस्कार प्रदान गरिने आयोजक समितिले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2081/01/23 पत्रकार खतिवडा र यादव “प्रेस स्वतन्त्रता सेनानी” बाट सम्मानित
- 2081/01/23 अशोक राईको अध्यक्षतमा नयाँ पार्टीका लागि निर्वाचन आयोगमा निवेदन
- 2081/01/23 जेसीजलाई युवाहरु माझ पु¥याउनु आवश्यक ः राष्ट्रिय उपाध्यक्ष राजवंशी
- 2081/01/23 संस्कृतिको संरक्षण र सम्बद्र्धन हाम्रै दायित्व हो ः तातेड़
- 2081/01/23 राजविराज नगरपालिकाको सिफारिसमा विद्यार्थीको “ब्लड ग्रुप टेस्ट” गरेर शुल्क असुल्दै, गैसस शुल्क लिने कार्य गैससको विधान विपरीत ः वरिष्ठ केन्द्रिय उपाध्यक्ष देव
- 2081/01/22 विपत् पूर्व तयारीमा हामी चुकेका हौं !
- 2081/01/22 सरसफाईमा जुटे सुरक्षा निकाय, अग्निपीडित बस्तीमा खानेपानी सरसफाई सुविधा पु¥याइदै
- 2081/01/22 आगलागी वस्तीमा मैले जे देखें ः अद्भुत र अविश्वसनिय
- 2081/01/22 अग्निपीडित महिलालाई एकल महिलाको सहयोग
- 2081/01/22 महिला सशक्तिकरणको लागि छिन्नमस्तामा ’रुइ’ परियोजना संचालनमा
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ