News Category 2071/06/15

एनसेल नेटवर्कमा समस्या

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, १४ असोज । 
सप्तरीको भारदह १ स्थित एनसेलको नेटवर्कमा आएको समस्याका कारण त्यस भेगका स्थानीयबासीहरु समस्यामा परेका छन । 
विगत ५ वर्ष अघि भारदह १ स्थित निमार्ण गरिएको एनसेलके नेटवर्क त्यस भेगमा काम गर्न छाडेपछि त्यस भेगका विभिन्न गाविसका हजारौ मोवाईल उपभोक्ताहरु समस्यामा परेका हुन । 
एनसेलको नेटवर्कले काम गर्न छोडेपछि त्यस भेगका भारदहका साथै छिमेकी पोर्ताहा, १ न.योगिनिया, २ न.योगिनिया, वैरवा, त्रिकोल, गोईठी, डिमन, गोबरगाढा, हनुमाननगर सहित विभिन्न दुई दर्जन गाविसका हजारौ उपभोक्ताहरु मारमा परेका छन । 
विगत २ वर्षदेखि एनसेलको टावरले भारदहदेखि करिब १ किलोमिटर सम्म मात्र नेटवर्क टिप्ने गरेका कारण त्यस भेगका हजारौ एनसेल प्रयोगकर्ताहरु समस्यामा पर्न थालेको स्थानीय २ न. जोगिनिया वडा न. ९ का इन्द्र नारायण राउतको कथन छ । 
भारदह बजारदेखि करिब १ किलोमिटर सम्म मात्र एनसेलले नेटवर्क टिप्ने गरेका कारण एनसेलको सिम तथा रिचार्ज कार्ड विक्रि वितरणमा समेत कमि आएको स्थनीय मोवाईल विक्रेता फुलेन्द्र साहले जानकारी दिनुभयो । 
एनसेल नेटवर्कमा विगत दुई वर्ष देखि समस्या उत्पन्न हुने गरेपनि त्यस तर्फ बारम्बार एनसेल नेटवर्क प्रालिलाई जानकारी गराउँदा पनि कुनै चाँसो नदेखाएको स्थानीय मोवाईल उपभोक्ताहरुको आरोप छ । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट