News Category 2071/07/15

८ वटा राङ्गा सशस्त्र प्रहरीको नियन्त्रणमा

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, १४ कात्तिक । 
सशस्त्र प्रहरीले सप्तरीको रम्पुरा मल्हनिया गाविस ३ डलबाबाट ८ वटा राङ्गा नियन्त्रणमा लिइएको छ । 
भारतबाट चोरी छुपी नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा सशस्त्र प्रहरी सिमा चेक आउट पोष्ट तिलाठीको गस्ती टोलीले गोप्य सुचनाको आधारमा सो राङ्गा नियन्त्रणमा लिइएको हो । करिब ४० हजार मुल्य बराबरको उक्त राङ्गा भन्सार छलेर नेपाल भित्राईरहेको अवस्थामा नियन्त्रणमा लिइएको सशस्त्र प्रहरीले जनाएको छ । 
नियन्त्रणमा लिइएका राङ्गालाई आवश्यक अनुसन्धानका लागि राजविराज भन्सार कार्यालय बुझाइएको सशस्त्र प्रहरी सिमा चेक आउट पोष्ट तिलाठीले जनाएको छ । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट