News Category 2071/07/26
२००७ सालकै संविधान उत्तम ः राजनीतिज्ञ मण्डल
दैनिक संवाददाता
राजविराज, २५ कात्तिक ।
वरिष्ठ राजनीतिज्ञ खुशीलाल मण्डलले बि.स. २००७ सालको संविधान नै उत्तम संविधान रहेको बताउनु भएको छ ।
मंगलबार राजविराजमा आयोजित पत्रकार सम्मेलनमा उहाँले पूर्वराजा त्रिभुवनले बि.स. २००७ सालमा ल्याएको संविधान नै अहिलेसम्मकै उत्तम संविधान भएको जिकिर गर्नुभयो ।
२००७ साल कात्तिक २६ गते क्रान्तिको दिन १ सय ४ वर्षको राणा शाहीकालको समाप्त भएको दिनलाई स्मरण गर्दै उहाँले सोही वर्ष राजा त्रिभुवनले संविधानमा गणतान्त्रिक व्यवस्था स्विकार गर्ने लेखेको अनुरुप अहिले गणतन्त्र आएको स्पष्ट पार्नुभयो ।
सोही पत्रकार सम्मेलनमा राजनीतिज्ञ मण्डलले नेपाली जनता द्वन्द्वको चपेटमा पुनः पुग्न सक्ने भन्दै जनता मुकदर्शक नभई अग्रसर भएर समयमै संविधान निर्माण गराउन दबाब दिन सबैलाई आग्रह समेत गर्नुभयो ।
मुलुकको विकासका लागि संघीयतामा जानुपर्ने बताउँदै मण्डलले मुलुकलाई अराजकता दिशातर्फ नलगी बन्दी नबनाउन सम्बन्धित सबै पक्षसँग आग्रह समेत गर्नुभयो । संचारकर्मीहरुको जिज्ञासामा मण्डलले राष्ट्रको विकासको पक्षमा आफु तयार रहेको बताउँदै शक्तिको बलमा मुलुकमा संविधान आएमा मुलुकमा गृहयुद्ध अथवा बिखण्डन हुने विश्वास ब्यक्त गर्नुभयो ।
मुलुक अहिले दयनिय अवस्थामा रहेको दावी गर्दै उहाँले निकट भविष्यमा काग्रेस एमाले मिलेर कमल थापासँग मिलि सरकार बनाउने दाउमा रहेको स्पष्ट पार्नुभयो ।
काग्रेस एमालेले विगतको भविष्यबाट ठुलो पाठ सिक्नुपर्नेमा जोड दिदै मण्डलले मुलुकमा ५ प्रदेश हुनुपर्नेमा जोड दिनुभयो । उहाँले मधेशमा २ र पहाडमा ३ गरी ५ प्रदेश हुनुपर्ने जिकिर समेत गर्नुभयो ।
एक अर्को प्रसङ्गमा मण्डलले आफु दलको भन्दा बाहिर रहेको तथा संविधान नबन्ने सम्म आफु कुनै पनि दलमा समाहित नभई राजनीतिकबाट सन्यास लिइएको बताउँनुभयो ।
डा. सिके राउत स्वतन्त्र रहेको तथा राउतको अभिब्यक्तिको पक्षमा आफु पनि नरहेको जिकिर गर्नुहुदै उहाँले सरकारले डा.सिके राउतलाई पक्राउ गरी ठुलो गल्ती गरेको आरोप लगाउनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2081/01/25 बौद्धिक अपाङगता भएका लागि बजेट बिनियोजन गर्न तीनै तहलाई आग्रह
- 2081/01/25 घरबाट दराज र बाकसै उठाएर चोरी
- 2081/01/25 गर्भवती र सुत्केरी महिलाका लागि निःशुल्क एम्बुलेन्स सेवा
- 2081/01/24 मामाघर विवाहमा आएकी दिदीबहिनी चार दिनदेखी वेपत्ता
- 2081/01/24 अग्निपीडित परिवारलाई भडावर्तन, ग्यास चुल्हा र बाकस प्रदान
- 2081/01/24 महिलाहरु तरकारी खेतीतर्फ आकर्षित
- 2081/01/24 बैशाख २९ देखी राजविराजमा राष्ट्रिय महिला कबड्डी प्रतियोगिता हुने
- 2081/01/23 पत्रकार खतिवडा र यादव “प्रेस स्वतन्त्रता सेनानी” बाट सम्मानित
- 2081/01/23 अशोक राईको अध्यक्षतमा नयाँ पार्टीका लागि निर्वाचन आयोगमा निवेदन
- 2081/01/23 जेसीजलाई युवाहरु माझ पु¥याउनु आवश्यक ः राष्ट्रिय उपाध्यक्ष राजवंशी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ