News Category 2071/07/27
भुमिहिनद्वारा राजविराजमा बृहत जुलुस प्रदर्शन
दैनिक संवाददाता
राजविराज, २६ कात्तिक ।
भुमिहीन, सुकुम्बासी र अव्यवस्थितहरुले बुधबार सप्तरी सदरमुकाम राजविराजमा बृहत प्रदर्शन गरेका छन् ।
जिल्ला भुमि अधिकार मंच सप्तरीको आयोजनामा राजविराजस्थित शिब मन्दिरको प्राङ्गणबाट सयौको सहभागितामा निकालिएको बृहत जुलुस नगरको विभिन्न भागको परिक्रमा पश्चात् पुनः शिव मन्दिरको प्राङ्गणमै पुगेर बिरोध सभामा परिणत भएको थियो ।
सो सभामा मंचका अध्यक्ष निलम सदा, रिना सदा, राष्ट्रिय भुमिअधिकार मंचका केन्द्रिय उपाध्यक्ष गुलाब देवी राम, सुकुम्बासी समस्या समाधान आयोगका सदस्य सरिता सदा, मंचकी कोषाध्यक्ष चन्द्रेश्वरी सदा लगायतका बक्ताहरुले जग्गा सुकुम्बासीहरुलाई हुनुपर्नेमा जोड दिनुभएको थियो ।
कार्यक्रममा सहभागिहरुले सप्तरीमा करिब २६ हजार सुकुम्बासीहरु रहेको तथा उनीहरुलाई जग्गा नहुदाँ खान, बस्न समस्या उत्पन्न भईरहेको भन्दै सरकराले अबिलम्ब सुकुम्बासीहरुलाई जग्गा उपलब्ध गराउँनुपर्ने माँग गरे ।
भुमिहिन, अव्यवस्थित तथा सुकुम्बासीहरुले सुकुम्बासी आयोगको म्याद थप्न र काम जतिधिको संचालन गर्नुपर्ने माँग समेत गरेका छन ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2081/06/03 सप्तरीमा संविधान दिवस, कतै उत्सव त कतै बिरोधको रुपमा मनाइए
- 2081/06/01 चन्दा नदिदा माइक्रो चालक र सहचालकलाई कुटपिट गरि लुटपाट
- 2081/06/01 “महम्मद डे” मा सद्भाव ¥याली
- 2081/05/30 शिशुको मृत्यु भएपछि उत्पन्न तनाव चार बुँदे सहमतिपछि साम्य
- 2081/05/30 जिल्ला बार एशोसिएशनको अध्यक्षमा कामेश्वर यादव निर्वाचित
- 2081/05/28 नयाँ नेतृत्वका लागि कानुन व्यवसायीहरुको निर्वाचन हुँदै
- 2081/05/28 हत्या घट्ना मिलापत्र गर्न दवाव आउन थालेको मृतकका परिवारजनको गुनासो
- 2081/05/28 संविधान दिवसका लागी विभिन्न कार्यक्रम तय
- 2081/05/27 कृषि विश्वविद्यालय प्रति भ्रम फैलाउने काम भएको छ ः महेश यादव
- 2081/05/27 आत्महत्या घट्ना न्यूनिकरणका लागी १८ वटै पालिकामा “ग्रासरुट अभियान”
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ