News Category 2071/09/12

चिसोका कारण अस्पतालमा बिरामीहरुको सख्यामा बृद्धि

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, ११ पुस । 
विगत केही समय यता सप्तरी सहित तराईका जिल्लाहरुमा बढेको अत्यधिक चिसो र शितलहरका कारण जनजीवन कष्टकर बन्नुका साथै स्थानीय अस्पतालमा बिरामीहरुको संख्यामा बृद्धि भएको छ । 
अत्यधिक चिसोका कारण राजविराजस्थित गजेन्द्र नारायण सिंह सगरमाथा अंचल अस्पतालमा बिरामीको संख्यामा बृद्धि भएको अस्पतालले जनाएको छ । 
अत्याधिक चिसोका कारण खासगरी बालबालिका तथा बृद्धबृद्धाहरुमा निमोािया, रुघाखोकी, कोल्डडाईरीया, झाडापखाला लगायतका बिरामीहरुको संख्यामा बृद्धि भएको हो । 
विगतको तुलनामा अहिले चिसो बढेपछि दिनहुँ अस्पतालमा २० देखि ६० जना सम्म यस्ता बिरामीहरु आउँने गरेको अस्पतालले जनाएको छ । 
२५ शैयाको ईमरजेन्सी वाडमा बिरामीहरुको सख्यामा बृद्धि हुदाँ चिसो भुईमा बिरामी राखेर उपचार गर्नुपरेको बिरामीका कुरुवाहरुको भनाई छ । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट