News Category 2080/06/09

ठगी तथा अपराधिक विश्वासघात एवं  बैंकिङ कसुर मुद्दाका आरोपी पक्राउ

दैनिक समाचारदाता

ठगी तथा अपराधिक विश्वासघात एवं  बैंकिङ कसुर मुद्दाका आरोपी पक्राउ

दैनिक समाचारदाता
राजविराज, ९ असोज । 

    ठगी तथा अपराधिक विश्वासघात एवं बैंकिङ कसुर सम्बन्धि मुद्दाका एक आरोपीलाई सप्तरी प्रहरीले पक्राउ गरेको छ । 
    सप्तरीको बोदेबर्साइन नगरपालिका वडा नं. ८ काचन राजोपट्टी निवासी मनिकलाल यादव पक्राउ परेका हुन् । 
    सिरहाको धनगढीमाई नगरपालिका १ हाल लहान नगरपालिका १ वस्दै आएका सन्तोष कुमार यादवको जाहेरीले सिरहा जिल्ला अदालतको आदेशानुसार ४० वर्षिय यादवलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 
    सिरहा जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएपछि सोमवार साँझ पक्राउ गरी उनलाई मंगलवार सिरहा प्रहरीको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डिएसपी ढुण्डिराज नेउपानेले जानकारी दिएका छन् । 
    यादवमाथी जग्गा, चेक तथा सुनचाँदीका गरगहना धितो राखेर चर्काे मिटरब्याज असुली गर्ने र कतिपय ब्यक्तिले लिएको ऋण ब्याज चुक्ता गरी सकेपनि धितो फिर्ता नगरेको आरोप छ । 
    पछिल्लो पटक सिरहाका सन्तोषले उनीमाथी दिएको मिटरब्याजी प्रकरण अन्तर्गत ठगी तथा अपराधिक विश्वासघात एवं बैंकिङ कसुर सम्बन्धि मुद्दा प्रहरी हुदै अदालत सम्म पुगेपछी यादव विरुद्ध पक्राउ पुर्जी जारी भएको थियो । 
    सन्तोषले समस्या परेका बेला मनिकलाल सँग जग्गा धितो राखेर पटक÷पटक गरी ५७ लाख रुपैया ऋण सापटी लिएको जाहेरीमा उल्लेख गरेका छन् । सो वापत उनले लहान नगरपालिका १ स्थित ९ धुर जग्गामा निर्मित ४ तल्ले घर तथा सोही वडामा १२ धुर जग्गामा निर्मित अर्काे एक तल्ले घर धितो वापत मनिकलाल निर राखेका थिए । यतिमात्र होइन । आफु सँग मनिकलालले रकम उल्लेख न गरिएको ४ वटा सादा चेकमा हस्ताक्षर गर्न लगाई बुझिलिएको र त्यसपछि मात्र ऋण सापटी दिन तयार भएको संतोषले जाहेरीमा उल्लेख गरेका छन् । 
    उनले कोरोनाकालमा ब्यापार व्यवसाय चौपट भएको तथा समस्या पर्दा मनिकलालले भने अनुसारको कागज तथा सादा चेकमा हस्ताक्षर गरी बुझाएको बताए । पछि गएर मनिकलालले १ लाखको दैनिक १ हजारका दरले चर्काे ब्याज माग्न थालेको र आफुले सो अनुसारको ब्याज तिर्न नसक्ने बताएपछि मनिकलालले आफुबाट प्राप्त गरेको हस्ताक्षर सहितको चेकमा आपैmले १ करोड ४६ लाख ५ सय रुपैया भरेर बैंकमा तीन पटक चेक बाउन्स गराई फसाउन खोजेको सन्तोषले सुनाए । 
    कतै कुनै उपाय नदेखेपछि आपूm न्यायका लागी स्थानीय प्रहरी प्रशासन हुदै अदालत सम्म पुगेको सन्तोषको भनाई छ । मनिकलालको चर्काे ब्याजबाट पीडित हुने अन्य ब्यक्तीहरु पनि धमाधम सार्वजनिक हुन थालेका छन् ।
    मंगलवार मनिकलालको चर्काे मिटरब्याज तथा चेकमा किर्ते हस्ताक्षरबाट पीडित भएका थप दूई जना पीडितहरु न्यायका लागी सार्वजनिक भएका छन् । 
    राजविराज ७ का डा. विवेक कुमार झा र राजगढ गाउँपालिका ३ का सोमन साहले मनिकलालबाट सोही प्रकृतिको अपराधबाट आफुहरु पनि पीडित भएको भन्दै न्यायका लागी पहल गरी दिन प्रहरी, अधिकारकर्मी र संचारकर्मीसँग आग्रह गरेका छन् । 
    डा. झाले मनिकलालसँग जग्गा धितो राखी पटक÷पटक गरी लिएको ७१ लाख ऋण मध्ये ३२ लाख रुपैया बुझाइसकेको तथा करिब १ करोड ५० लाख मुल्य बराबरको जग्गाको कागजात पनि उनै सँगै रहदा पनि चर्काे ब्याज जोडेर मानसिक यातना दिने गरेको गुनासो पोखे । यति मात्र होइन । मनिकलालले एक दिन गाडीको डिक्कीमा राखिएको चेक बुक चोरेर आफैले मेरो नामको नक्कली हस्ताक्षर गरी १ करोड ९५ लाख रकम भरेर  बंैंकबाट चेक बाउन्स गराई मलाई बैकिङ कसुर मुद्दामा फसाउन खोजको डा. झाको भनाई छ । 
    उनले पनि मनिकलालले १ लाखको दैनिक १ हजारको दरले ब्याज जोड्ने गरेको सुनाए । चोरी भएको आफ्नो चेकमा नक्कली हस्ताक्षर भएको कुरा राष्ट्रिय विधीविज्ञान प्रयोगशालाले समेतले परिक्षण गरी प्रमाणित गरीदिएको उनले बताए । 
    उनले प्रहरीमा मनिकलाल विरुद्ध दिएको जाहेरीमा समेत उक्त परिक्षण रिर्पोट प्रमाणका रुपमा पेश गरेका छन् । यस्तै मंगलवार नै सप्तरीको राजगढ गाउँपालिका ३ का सोमन साहले आफु पनि मनिकलालको चर्काे मिटरब्याजबाट पीडीत भएको गुनासो पोखेका छन् । उनले आफुले मनिकलाल संग पटक पटक गरी २५ लाख रुपैया ऋण सापटी लिएको सुनाए । सो वापत २ करोड १० लाखको कागजात तथा ९७ लाखको चेक धरौटी वापत मनिकलालले लिएको उनको भनाई छ । 
    उनले पनि आफुसंग १ लाखको दैनिक १ हजारका दरले मनिकलालले माग्न थालेपछि समस्यामा परेको गुनासो पोखे । उनीहरुले मिटरब्याज तथा किर्ते हस्ताक्षर गरी आफुहरुलाई उठिवास गराउन खोज्ने साहुकार मनिकलालमाथी कडा कारवाहीका लागी पहल गरीदिन सबै सँग आग्रह गरेका छन् । 
 

प्रतिकृया दिनुहोस