News Category 2080/06/11

१६ वर्षिया किशोरी बलात्कृत 

दैनिक समाचारदाता

१६ वर्षिया किशोरी बलात्कृत 

दैनिक समाचारदाता
राजविराज, ११ असोज । 

    सप्तरीकोे डाक्नेश्वरी नगरपालिका ३ की १६ वर्षिया एक दलित किशोरीलाई सोही वडा निवासी २४ वर्षिय महेशकुमार साहले बलात्कार गरेका छन् । 
    पीडित पक्षले बुधबार प्रहरीमा उजुरी दिएपछि घटनाको ९ दिनपछि उक्त घटना सार्वजनिक भएको हो । 
    असोज ३ गते भएको उक्त घटना गाउँघरमा ढाकछोपको प्रयास तथा घटना मिलाउन दबाब दिँदा ढिलो गरी प्रहरी समक्ष आइपुगेको प्रहरीको भनाई छ । 
    प्रहरीका अनुसार असोज ३ गते रातीको समयमा साहले ती किशोरीलाई विभिन्न बहानामा बोलाई गाई गुहालीमा लगि बलात्कार गरेको खुलेको छ । पीडित किशोरीले मुख थुनेर मार्ने धम्की दिँदै जबरजस्ती गरेको बताएकी छिन् ।
    जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डिएसपी ढुण्डिराज नेउपानेले किशोरीलाई बलात्कार गर्ने महेश र बलात्कारको घटना मिलाउन दबाब दिने अर्का एक युवक प्रहरीमा उजुरी परेको थाहा पाएपछि फरार भएका छन् । 
    फरार दुबै जनाको खोजिकार्य भइरहेको जनाउँदै बलात्कारको घटना ढाकछोप तथा मिलाउन दबाब दिने युवकको नाम अनुसन्धानमा बाधा पर्न नदिने मनसायले गोप्य राखिएको प्रहरीको भनाई छ । 
    किशोेरीका आफन्तले महेश र घटना मिलाउन दाबब दिने व्यक्ति बिरुद्ध किटानी जाहेरी समेत दिएका छन् । किशोरीको स्वास्थ्य परिक्षणबाट पनि बलात्कारको पुष्टि भएको भन्दै प्रहरीले घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जनाएको छ । 

प्रतिकृया दिनुहोस