News Category 2080/06/11

छिन्नमस्ता सखडा शक्तिपीठमा शुक्रबारदेखी गंगा आरती हुने

दैनिक समाचारदाता

छिन्नमस्ता सखडा शक्तिपीठमा शुक्रबारदेखी गंगा आरती हुने

दैनिक समाचारदाता
राजविराज, ११ असोज । 

    नेपालकै प्रसिद्ध सप्तरीको छिन्नमस्ता सखडा शक्तिपीठमा शुक्रबार साँझदेखी सन्ध्याकालिन गंगा आरती सुरु हुने भएको छ । 
    छिन्नमस्ता गाउँपालिकास्थित छिन्नमस्ता सखडा शक्तिपीठका पीठाधिश महाकान्त ठाकुरले हाल मन्दिरको मूलगेट अगाडि महाआरती शुरू हुने जानकारी दिए । 
    भारतको बनारस र कुशेश्वरबाट ५ जना आरती सम्बन्धी विशेष तालिम प्राप्त गरेकाहरुको सहभागिता रहने उनले बताए । 
    पीठाधिश ठाकुरले देशको अन्य ठाउँभन्दा विशेष तरिकाले आरती शुरू गरिने बताउँदै प्रत्येक दिन उक्त आरतीमा सहभागी हुन सबैसँग अनुरोध समेत गरेका छन् ।

प्रतिकृया दिनुहोस