News Category 2080/06/12

शम्भुनाथका मेयर र इन्जिनियर दोषि ठहर, जनही ६÷६ महिना कैद र जरिवाना

दैनिक समाचारदाता

शम्भुनाथका मेयर र इन्जिनियर दोषि ठहर, जनही ६÷६ महिना कैद र जरिवाना

दैनिक समाचारदाता
राजविराज, १२ असोज ।

    विशेष अदालतले सप्तरीको शम्भुनाथ नगरपालिकाका नगर प्रमुख जितेन्द्रप्रसाद गुप्ता र इन्जिनियर रामचन्द्र साहलाई भ्रष्टाचार मुद्दामा दोषि ठहर गरेको छ । 
    विशेष अदालतका न्यायाधीश यमुना भट्टराई, बलभद्र बास्तोला र डा. खुशी प्रसाद थारूको संयुक्त इजलासले दुबैलाई दोषी ठहर गरेको हो ।
    विशेष अदालतको शुक्रबारको इजलाशले नगर प्रमुख गुप्ता र इन्जििनियर साहलाई भ्रष्टाचार मुद्दामा दोषि ठहर गर्दै जनही ६÷६ महिना कैद र ७० हजार जरिवानाको फैसला गरेको छ । 
    दोषी ठहर गर्दै दुबैलाई जनही ६÷६ महिना कैद र ७० हजार जरिवाना तोकिएको विशेष अदालतका प्रबक्ता धनबहादुर कार्कीले जानकारी दिए ।
    अख्तियारको इटहरीस्थित कार्यालयबाट खटिएको टोलीले गत माघ ३ गते इन्जिनियर साहलाई एक विद्यालयको निर्माण कार्य सम्पन्न पश्चात् एक लाख ४० हजार रुपैयाँ घुस लिएको अवस्थामा पक्राउ गरेको थियो । 
    इन्जिनियर साहलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको अख्तियारले नगर प्रमुख गुप्ताको पनि संलग्नता पाएपछि उनी समेतलाई विपक्षी बनाई विशेष अदालतमा आरोपपत्र दायर गरेका थिए । दुवै जनालाई बिगो एक लाख ४० हजार कायम गरी विशेष अदालतमा आरोपपत्र दायर गरिएको थियो ।
    इन्जिनियर साहको बयान र मेयर गुप्ताको घूस माग गरेको अडियो फेला परेपछि गुप्ता पनि पक्राउ परेका थिए । 
 

प्रतिकृया दिनुहोस