News Category 2080/06/13

आगलागीले एकै व्यक्तिको चार घर नष्ट

दैनिक समाचारदाता

आगलागीले एकै व्यक्तिको चार घर नष्ट

दैनिक समाचारदाता
राजविराज, १२ असोज ।

    लामखुट्टे धपाउन बालिएको घुर सल्केर आगलागी हुदाँ सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाका एकै ब्यक्तीको चार घर जलेर नष्ट भएको छ ।
    विहीवार मध्यराती भएको आगलागीले हनुमाननगर कंकालिनी नगरपालिका वडा नं ५ जोगिनिया निवासी रोहीत रामको चारवटा घर जलेर खरानी भएको हो । 
    मध्यराती १ बजेतीर गाई गुहालीबाट सल्केको आगो फैलिएर रामको चार वटा घर खरानी भई झण्डै ७ लाख बराबरको क्षती भएको प्रहरीको प्रारम्भीक अनुमान छ । 
    फुसको संरचना भएको घरमा विद्युतिय गतीमा आगो पैmलिएपछि तत्काल नियन्त्रणको उपाय गर्न नसक्दा भाडाकुडा, खाद्यन्न, फनिचर, लताकपडा तथा २ वटा साइकल समेत जलेर खरानी भएको अग्नीपीडित रामले बताए । 
    हनुमाननगर कंकालिनी नगरपालिकाको बारुणयन्त्र, स्थानीयवासी तथा प्रहरीको एक घण्टाको प्रयास पश्चात आगोमाथी नियन्त्रण कायम गरिएको प्रहरीले जनाएको छ । 
    आगलागीले घर र सबै सम्पती जलेर नस्ट हुदाँ राम परिवारको विचल्ली भएको छ । सानो गल्तीले ठूलो क्षति भएको भन्दै प्रहरीले जथाभावी आगो नबाल्न तथा आवश्यक सावधानी अपनाउन सबैसँग अनुरोध गरेको छ । 

प्रतिकृया दिनुहोस