News Category 2080/06/13

छिन्नमस्ता सखडा शक्तिपीठमा सन्ध्याकालिन आरती शुभारम्भ

दैनिक समाचारदाता

छिन्नमस्ता सखडा शक्तिपीठमा सन्ध्याकालिन आरती शुभारम्भ

दैनिक समाचारदाता
राजविराज, १२ असोज । 

    नेपालकै प्रसिद्ध छिन्नमस्ता सखडा शक्तिपीठमा शुक्रबार साँझदेखी सन्ध्याकालिन गंगा आरती शुभारम्भ भएको छ ।   
    छिन्नमस्ता गाउँपालिकास्थित शक्तिपीठका पीठाधिश महाकान्त ठाकुरले भारतको बनारस र कुशेश्वरबाट ५ जना आरती सम्बन्धी विशेष तालिम प्राप्त गरेकाहरुबाट विधिवत पूजापाठ गरि शुभारम्भ भएको बताउँदै आरती दैनिक रुपमा हुने जानकारी समेत दिए । 
    केही दिन मन्दिरको मूलगेट अगाडि आरती शुरू हुने पछि पाखेरीको दक्षिणपट्टी बनाइएको आरती स्थलमा हुने उनको भनाई छ । 
    अन्य ठाउँभन्दा विशेष तरिकाले आरती शुरू भएको बताउँदै उनले प्रत्येक दिन उक्त आरतीमा सहभागी हुन सबैसँग अनुरोध समेत गरे ।

प्रतिकृया दिनुहोस