News Category 2080/06/14

वडा अध्यक्षको निधन शोकमा बिदा

दैनिक समाचारदाता

वडा अध्यक्षको निधन शोकमा बिदा

दैनिक समाचारदाता
राजविराज, १४ असोज ।

    सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष हरिप्रसाद राय अमातको. शनिबार राती निधन भएको छ । 
    केही समयदेखी पक्षघातबाट पीडित भई थलो परेका उनको शनिबार राती आफ्नै निवासमा निधन भएको परिवारजनले जनाएका छन् । 
    ६५ वर्षिय राय गत स्थानीय तह निर्वाचनमा नेपाली काँग्रेसको तर्फबाट उम्मेदवार भई निर्वाचित भएका थिए । 
    उनको निधनले अपूर्णिय क्षति भएको भन्दै काँग्रेस सप्तरीले शोक वक्तब्य जारि गर्दै मृत आत्माको चिरशान्तिको कामना तथा शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गरिएको छ । 
    सचिव सनत मण्डलद्वारा जारि प्रेस विज्ञप्तिमा रायको निधनले पार्टी र डाक्नेश्वरी नगरपालिकावासी दुबैलाई अपूर्णिय क्षति पुगेको उल्लेख छ । 
    यसैबीच वडाअध्यक्ष रायको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै डाक्नेश्वरी नगरपालिकाले आइतबार नगर क्षेत्रमा शोक बिदा दिने गरेको छ । नगरप्रमुख रामलखन मलाहले शोक मनाउन मातहातका सबै कार्यालयमा एक दिन बिदा दिने निर्णय भएको बताए । 
 

प्रतिकृया दिनुहोस