News Category 2080/06/14

राजविराजबाट जनकपुर जाँदै गरेको बस मिर्चौयामा  दुर्घटना, दुई जनाको मृत्यु, २५ जना घाइते

दैनिक समाचारदाता

राजविराजबाट जनकपुर जाँदै गरेको बस मिर्चौयामा  दुर्घटना, दुई जनाको मृत्यु, २५ जना घाइते

दैनिक समाचारदाता
राजविराज, १४ असोज ।

    राजविराजबाट जनकपुरधामतर्फ जाँदै गरेको एक यात्रुबाहक बस आइतबार दिउँसो सिरहाको मिर्चाैयामा दुर्घटना हुँदा दुई जना यात्रुको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन् । 
    आईतबार दिउँसो करिब २ः३० बजे राजविराजबाट जनकपुरधामतर्फ जाँदै गरेको ना.४ख. ७१८७ नम्बरको धनलक्ष्मी ट्राभल्सको स्प्रिङ पट्टा भाँचिएर मिर्चैयाको मारुती सिमेन्ट फैक्ट्री नजिक अनियन्त्रित भई दुर्घटना भएको ईलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ । 
    ईलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी जीतेन्द्र बस्नेतले तीब्र गतिमा आउँदै गरेको बस अनियन्त्रित भएर दुर्घटना भएको प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै जानकारी दिएका छन् । दुर्घटनामा मृत्यु भएका दुई जनाको सनाखत हुन नसकेको उनले बताए ।
    सोही दुर्घटनामा घाईते भएका २५ जनाको स्थानीय अस्पतालहरुमा उपचार भईरहेको तथा तीन जनाको अवस्था गम्भिर रहेकोले सिरहा पठाइएको बताए । 
    बसका चालक र बस मिर्चैया प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ । यस घटनाबारे अनुसन्धान सुरु गरिएको डिएसपी बस्नेतले बताए ।

प्रतिकृया दिनुहोस