News Category 2080/06/15

लागु औषधसहित  स्वास्थ्यकर्मी पक्राउ 

दैनिक समाचारदाता

लागु औषधसहित  स्वास्थ्यकर्मी पक्राउ 

दैनिक समाचारदाता
राजविराज, १५ असोज । 

    सप्तरीको बोदेबर्साईन नगरपालिका ५ बर्साईन बजारस्थित शत्रुधन चौकबाट प्रहरीले एक जनालाई लागु औषधसहित पक्राउ गरेको छ । 
    विशेष सुचनाको आधारमा खटिएको प्रहरी टोलीले शुक्रबार पश्चिमबाट पुर्वतर्फ जाँदै गरेको लु.५५प. ५४३९ नम्बरको मोटरसाइकल चेकजाँच गर्दा सप्तरीको छिन्नमस्त गाउँपालिका २ महुवा बस्ने ३९ वर्षिय राज नारायण ठाकुरलाई लागु औषधसहित पक्राउ गरेको हो । उनी बोदेबर्साईन नगरपालिकाका स्वास्थ्य शाखा संयोजक हुन् । 
    प्रहरीका अनुसार मोटरसाइकलको पछाडिको नम्बर प्लेट भित्रपट्टीबाट प्लाष्टिकमा बेरी राखेको नाईट्राभेट २७ ट्याव्लेट र स्पासमो १५ ट्याव्लेट बरामद भएको थियो । 
    पक्राउ परेका ठाकुरलाई लागु औषध नियन्त्रण ऐन २०३३ बमोजिम जिल्ला अदालत सप्तरीबाट ५ दिनको म्याद थप गराई आवश्यक अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 
 

प्रतिकृया दिनुहोस