News Category 2080/07/11
मधेश प्रदेशमा शिक्षाको स्तर उकास्न आवश्यक गृहकार्य अघि बढेको छ ः मन्त्री यादव
राजविराज÷मधेश प्रदेशका शिक्षा मन्त्री महेश प्रसाद यादवले शिक्षाको विकास विना प्रदेशको विकास सम्भव नरहेको भन्दै शिक्षाको स्तर उकास्न आवश्यक गृहकार्य अघि बढेको जनाएका छन् ।
बागेश्वरी सेवा समितीको वार्षिक साधारण सभाको उदघाटन गर्दै मन्त्री यादवले यस्तो बताएका हुन् । मन्त्री यादवले चार वर्ष भित्र मधेश प्रदेशलाई पुर्ण साक्षर बनाउने गरी गृहकार्य अघि बढेको समेत जानकारी दिदै मधेश प्रदेशमा पचास प्रतिशतमा मात्र पहुँच भएको शिक्षालाई सय प्रतिशतमा पु¥याउने लक्ष्यका साथ काम सुरु भईसकेको बताए ।
बागेश्वरी सेवा समितिका अध्यक्ष इन्जिनियर इन्द्र नारायण देवले समाजिक विकृतीका रुपमा रहेको दाईजो कुप्रथा र बाल विवाह न्यूनीकरणका लागी संस्थाले समय समयमा जनचेतनामूलक कार्यक्रमका साथै विभिन्न समाजिक गतिविधी संचालन गरेको र समाजमा त्यसको सरकारात्मक प्रभाव देखिएको बताए । यस्ता कार्यक्रमले दाइजो र बालविवाहबाट समाजमा हुने गरेको क्षती विगतको तुलनामा केही घटेको समेत उनले दाबी गरे ।
कार्यक्रममा संस्थाको विधान अनुसार संरक्षक सदस्यताका लागी जनही १÷१ लाख शुल्क तिरेर नयाँ संरक्षक सदस्यता प्राप्त गरेका १२ जनालाई प्रमुख अतिथी मन्त्री यादवले प्रमाण पत्र प्रदान गरेका थिए ।
नयाँ संरक्षक सदस्यता ग्रहण गर्नेहरुमा समाजसेवी तेजनारायण देव, जितेन्द्र नारायण देव, दिनेश प्रसाद देव, कृष्णानन्द देव, राधेश्याम रमण, धु्रव प्रसाद देव, सचिन्द्र कुमार देव, मनोज देव, निरज कुमार चौधरी, योगेन्द्र प्रसाद देव, कृति नारायण देव र मिरा देव रहेको संस्थाले जानकारी दिएको छ ।
कार्यक्रममा प्रदेश सभासदस्य सतिश कुमार सिंह, भवानी सेवा समितीका अध्यक्ष प्रताप नारायण चौधरी, विराट देव सेवा समितीका अध्यक्ष राजेन्द्र प्रसाद देव, देव समाजका अध्यक्ष राकेश देव, पत्रकार महासंघ सप्तरीका अध्यक्ष श्रवण कुमार देव, मैथिल सेवा समिती विराटनगरकी अध्यक्ष फुल कुमारी देव लगायतले शुभकामना दिएका थिए ।
सो अवसरमा एसइइ र प्लस टुमा उत्कृष्ट अंक ल्याउने छात्र छात्राहरुलाई पुरस्कृत गर्नुका साथै समाजसेवी उग्री नारायण देवद्वारा लिखित “सोह्रश्राद्ध” नामक पुस्तकको विमोचन समेत गरिएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2081/02/05 नयाँ विरुवा उत्पादन र अतिक्रमित जग्गा घेरवार गरि वन बिस्तार गरिदै
- 2081/02/04 मधेश प्रदेशमा जनमतको नेतृत्वमा सरकार बनाउने पाँच दलबीच सहमति
- 2081/02/04 मनाइयो जानकी नवमी
- 2081/02/04 ट्रकको ठक्करबाट साइकल यात्रुको मृत्यु
- 2081/02/03 साइकलसहित युवक खोला किनारमा मृत फेला
- 2081/02/03 विद्यालयमा पोषणयुक्त आहारासँगै जुका विरुद्धको औषधी र सचेतना दिइदै
- 2081/02/01 वेपत्ता दिदीबहिनी बृन्दावनमा भेटिइन्
- 2081/02/01 राजनीतिक प्रतिशोध साध्न गरिएको शिक्षक सरुवा खारेज गर्न चार दलको माग
- 2081/02/01 सहकारी ठगहरुलाई कारवाही गर्न नेवि संघको माग
- 2081/02/01 एपिएफलाई हराउँदै नेपाल पुलिस बन्यो कबड्ी च्याम्पियन
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ