News Category 2080/07/15
मदरसाको तालाबन्दी खुल्यो
दैनिक समाचारदाता
राजविराज, १५ कात्तिक ।
राजविराजस्थित आशीमियाँ दारुलउलन मदरसामा प्रधानाध्यापक र शिक्षकहरुकै अगुवाईमा गरिएको तालाबन्दी तलब पाउने सहमतिपछि बुधवार खोलिएको छ ।
उक्त मदरसामा कार्यरत शिक्षक, शिक्षिकाले विगत तीन महिनादेखि तलब पाउन नसकेको भन्दै अघिल्लो दिन मंगलवार तालाबन्दी गरेका थिए ।
मदरसाकोे बैंक खातामा तलब खान पुग्ने गरी रकम मौज्दात हुदा हुदै पनि ब्यक्तिगत रिसइबीका कारण चाड पर्वका वेलमा समेत अध्यक्ष आसिन मियाँले तलब खुवाउन आलटाल गर्दै गएपछी आक्रोसित शिक्षक÷शिक्षिकाले तालाबन्दी गरेका थिए ।
२४ जना छात्र र ६२ जना छात्र गरी कुल ८६ जना विद्यार्थी अध्ययनरत मदरसामा उर्दु, अरबी, दिनियातका साथै नेपाली, अंग्रेजी र गणित विषयको पढाइ हुन्छ ।
अध्यक्षको मनोमानीका कारण मदरसामा वेला वेलमा विवाद उत्पन्न हुने गरेको स्थानीय अभिभावहरुको गुनासो छ । तालाबन्दी पछी मदरसाको पठन पाठन ठप्प भएपछि राजविराज नगरपालिका शिक्षा शाखा प्रमुख भोगेन्द्र यादव, वडा अध्यक्ष चन्द्रशेखर चौधरी लगायत स्थानीय अभिभावकहरुको भेलाले दुबै पक्षलाई राखी छलफल र वार्ता गरेको थियो ।
छलफलमा मदरसा व्यवस्थापन समितिका अध्यक्ष आसिन मियाँले शिक्षक÷शिक्षिका र मौलबीको बाँकी बक्यौता रहेको सम्पुर्ण तलब बुधबार नै खुवाउने प्रतिबद्धता जनाएपछि तत्कालै तालबन्दी खोलिएको तथा पठन पाठन सुचारु भएको प्रधानाध्यापक रुवीना वेगमले बताईन ।
पाँच जना शिक्षक÷शिक्षिका रहेको मदरसा राजविराज नगरपालिकाबाट वार्षिक अनुदान स्वरुप प्राप्त हुने २ लाख ४१ हजार रुपैयाको बजेटबाट संचालन हुदै आएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2081/02/05 नयाँ विरुवा उत्पादन र अतिक्रमित जग्गा घेरवार गरि वन बिस्तार गरिदै
- 2081/02/04 मधेश प्रदेशमा जनमतको नेतृत्वमा सरकार बनाउने पाँच दलबीच सहमति
- 2081/02/04 मनाइयो जानकी नवमी
- 2081/02/04 ट्रकको ठक्करबाट साइकल यात्रुको मृत्यु
- 2081/02/03 साइकलसहित युवक खोला किनारमा मृत फेला
- 2081/02/03 विद्यालयमा पोषणयुक्त आहारासँगै जुका विरुद्धको औषधी र सचेतना दिइदै
- 2081/02/01 वेपत्ता दिदीबहिनी बृन्दावनमा भेटिइन्
- 2081/02/01 राजनीतिक प्रतिशोध साध्न गरिएको शिक्षक सरुवा खारेज गर्न चार दलको माग
- 2081/02/01 सहकारी ठगहरुलाई कारवाही गर्न नेवि संघको माग
- 2081/02/01 एपिएफलाई हराउँदै नेपाल पुलिस बन्यो कबड्ी च्याम्पियन
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ