News Category 2080/07/16
अजिमुद्दिन हत्याका चार जना आरोपी कारागार चलान
दैनिक समाचारदाता
राजविराज, १६ कात्तिक ।
प्रेम प्रसँगको विषयलाई लिएर हत्या गरेको आरोपमा पक्राउ परेका चार जनालाई बिहीबार कारागार चलान गरिएको छ ।
सप्तरी जिल्ला अदालतको आदेशले सप्तरीको खडक नगरपालिका ११ बनौलीकी ३० वर्षिया विणा देवी यादव, ३४ वर्षिय राम प्रकाश यादव, ३६ वर्षिय डम्बर नारायण साह र ४० वर्षिय छोटे लाल भन्ने धर्म देव साहलाई पुर्पक्षका लागी कारागार चलान गरिएको हो ।
न्यायाधिश हरिशचन्द्र इङ्गनामको इजलाशले उनीहरु विरुद्ध परेको मुद्दामा थुनछेक वहस पछि पुर्पक्षका लागी थुनामा पठाउने आदेश जारी गरेको हो । उनीहरुमाथी सोही वडाका १८ वर्षिय युवा मो. अजिमुद्दिनको हत्या गरेको आरोप छ ।
घटना विवरण अनुसार मेला हेर्न भनी गत भदौ २१ गते घरबाट निस्केका सोही वडा निवासी १८ वर्षिय अजिमुद्धिन बेपत्ता थिए । परिवार तथा प्रहरीले खोजी कार्य तिब्र बनाएका बेला वेपत्ता भएको २१ दिन पछि १२ असोजमा हत्या गरी बोरामा राखेर फालेको अवस्थामा उनको सडेगलेको शव स्थानीय राम प्रसाद यादवले संचालन गर्दै आएको कृषि फर्मको पोखरीबाट प्रहरीले फेला पारेको थियो ।
अनुसन्धानका क्रममा एक बालिका संग भएको प्रेम सम्बन्ध कै कारण अजिमुद्धिनको हत्या भएको तथा सो घटनामा ती चार जनाको संलग्नता रहेको खुलासा भएको थियो ।
कारागार चलान हुने मध्ये एक जना मृतकको प्रेस सम्बन्धमा रहेकी बालिकाकी आमा र अर्को काका रहेको प्रहरीको भनाई छ । स्थानीय हिरा फेकनी माध्यमिक विद्यालय बनौलीबाट यसै वर्ष एसइइ परिक्षा दिएका अजिमुद्धिनको सोही विद्यालयमा कक्षा ८ मा पढने एक बालिका संग गहिरो प्रेम परेको र सोही प्रेम उनको हत्याको कारण बनेको प्रहरी अनुसन्धानमा खुलेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2081/02/05 नयाँ विरुवा उत्पादन र अतिक्रमित जग्गा घेरवार गरि वन बिस्तार गरिदै
- 2081/02/04 मधेश प्रदेशमा जनमतको नेतृत्वमा सरकार बनाउने पाँच दलबीच सहमति
- 2081/02/04 मनाइयो जानकी नवमी
- 2081/02/04 ट्रकको ठक्करबाट साइकल यात्रुको मृत्यु
- 2081/02/03 साइकलसहित युवक खोला किनारमा मृत फेला
- 2081/02/03 विद्यालयमा पोषणयुक्त आहारासँगै जुका विरुद्धको औषधी र सचेतना दिइदै
- 2081/02/01 वेपत्ता दिदीबहिनी बृन्दावनमा भेटिइन्
- 2081/02/01 राजनीतिक प्रतिशोध साध्न गरिएको शिक्षक सरुवा खारेज गर्न चार दलको माग
- 2081/02/01 सहकारी ठगहरुलाई कारवाही गर्न नेवि संघको माग
- 2081/02/01 एपिएफलाई हराउँदै नेपाल पुलिस बन्यो कबड्ी च्याम्पियन
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ