News Category 2080/07/17
खडक नगरपालिका ११ बालविवाह मुक्त घोषणा
दैनिक समाचारदाता
राजविराज, १७ कात्तिक ।
बालविवाहलाई न्यूनीकरण गर्ने उद्देश्यले सप्तरीको खडक नगरपालिका ११ नं. वडालाई बालविवाह मुक्त घोषणा गरिएको छ ।
सो वडास्थित बनौलीमा शुक्रबार आयोजित एक समारोहबीच नगर प्रमुख जयप्रकाश चौधरीले बालविवाह मुक्त वडा घोषणा गरे ।
सबल नेपाल र सेभ द चिल्ड्रेनको साझेदारीमा संचालित समुन्नती परियोजनाको आर्थिक तथा प्राविधिक सहयोगमा आयोजित समारोहमा कार्यक्रममा स्थानीय र सरोकारवालाहरुले अब उपरान्त बालविवाह नहुने प्रतिबद्धता जनाएर बालविवाह मुक्त वडा घोषणा गरिएको सबल नेपालका कार्यक्रम संयोजक रोशन कुमार मण्डलले जानकारी दिएका छन् ।
एक हजार २ सय ६० घरधुरी रहेको यस वडामा १८ बर्षमुनिका कसैको बिवाह नभएको जनाइएको छ । उक्त वडामा विगत एक वर्षको अवधिमा २९ वटा बिवाह भएको थियो । जसमध्ये २० वर्षमुनिका पाँच वटा वालविवाह भएको थियो ।
वडा अध्यक्ष रामकृष्ण चौधरीको अध्यक्षता सम्पन्न कार्यक्रममा २० बर्ष पूरा नगरी विवाह गर्नाले बच्चा र आमाको प्रजनन् अंगको बिकास नहुने तथा दुबै जनाको ज्यान जोखिममा पर्ने भएकाले कलिलो उमेरमा विवाह गर्न नहुने सरोकारवालाहरुको जोड थियो । यो संगै खडक नगरपालिका अन्तर्गत तेस्रो वडा बाल बिवाह मुक्त घोषणा गरिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2081/02/05 नयाँ विरुवा उत्पादन र अतिक्रमित जग्गा घेरवार गरि वन बिस्तार गरिदै
- 2081/02/04 मधेश प्रदेशमा जनमतको नेतृत्वमा सरकार बनाउने पाँच दलबीच सहमति
- 2081/02/04 मनाइयो जानकी नवमी
- 2081/02/04 ट्रकको ठक्करबाट साइकल यात्रुको मृत्यु
- 2081/02/03 साइकलसहित युवक खोला किनारमा मृत फेला
- 2081/02/03 विद्यालयमा पोषणयुक्त आहारासँगै जुका विरुद्धको औषधी र सचेतना दिइदै
- 2081/02/01 वेपत्ता दिदीबहिनी बृन्दावनमा भेटिइन्
- 2081/02/01 राजनीतिक प्रतिशोध साध्न गरिएको शिक्षक सरुवा खारेज गर्न चार दलको माग
- 2081/02/01 सहकारी ठगहरुलाई कारवाही गर्न नेवि संघको माग
- 2081/02/01 एपिएफलाई हराउँदै नेपाल पुलिस बन्यो कबड्ी च्याम्पियन
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ