News Category 2080/07/19

१४ हजार ६ सय ५ आँखाका रोगीको उपचार

दैनिक समाचारदाता

१४ हजार ६ सय ५ आँखाका रोगीको उपचार

दैनिक समाचारदाता
राजविराज, १९ कात्तिक । 

    राजविराजस्थित सगरमाथा आँखा अस्पताल प्रालिले एक वर्षको अवधीमा एक हजार २ सय १५ तथा अन्य जटिल रोगका १ सय ३१ जना आखाका विरामीको शल्यक्रिया सफलतापूवर्क सम्पन्न गरेको जनाएको छ । 
    एक वर्ष अघि स्थापना भएको सो अस्पतालले आप्mनो पहिलो वार्षिकोत्सव मनाउने क्रममा आईतवार आयोजना गरेको पत्रकार सम्मेलनमार्फत सो तथ्याङ्क सार्वजनिक गरेको हो । 
    अस्पतालले एक वर्षको अवधिमा १४ हजार ६ सय ५ जना आखाका रोगीलाई उपचार सेवा प्रदान गरेको समेत जनाएको छ । जसमध्ये झण्डै ३० प्रतिशत भारतीय सेवाग्राही छन ।     अस्पतालका म्यानेजर अफाक अनवरले एक वर्षको अवधिमा मोतियाबिन्दुका १ हजार २ सय १५ तथा अन्य जटिल रोगका १ सय ३१ जना आखाका विरामीको शल्यक्रिया तथा १३ हजार २ सय ५९ जनाको आखाका विभिन्न रोगको उपचार गरी कुल १४ हजार ६ सय ५ जनालाई उपचार सेवा प्रदान गरिएको जानकारी दिए । 
    उनले ४ हजार ३ सय ८१ जना भारतीय नागरिकले समेतले उपचार पाएको बताउँदै भारतीय नागरिकका लागी समेत उपचार गर्न भरपर्दाे ठाउँ बनेकाले उनीहरुको यस अस्पताल तर्फ आकर्षण बढ्दै गएको दाबी गरे । 
    कार्यक्रममा अस्पतालका निर्देशक एवं नेत्र रोग विशेषज्ञ डा. आशिष राज पन्तले सस्तो दरमै मेशिन र हात दुबैको प्रयोग गरेर आखाँको समान्यदेखि जटिल प्रकृतिका उपचार र शल्यक्रिया सेवा उपलब्ध गराउन थालेपछि आखाका बिरामीको यस अस्पताल प्रति आकर्षण बढ्दै गएको दाबी गरे । 
    न्युन आय भएकाले पनि सस्तोमा उपचार पाओस् भन्ने उद्देश्यले संचालनमा ल्याइएको १५ शैयाको अस्पतालमा आखा र आखा आसपासको प्लास्टिक सर्जरी, आखाको क्यान्सर र कोर्निया, अकुलोटप्लास्टि, दृष्टिदोष लगायतको उपचार सेवा उपलब्ध रहेको तथा निकट भविष्यमै आखाको नानी प्रत्यारोपण तथा रेटिना सर्जरी सेवा समेत संचालन हुने उनले जानकारी दिए । 
    नेपालबाट अन्धोपन हटाउन र आखाका विरामीलाई सहजरुपमा उपचार सेवा उपलब्ध गराउन एक वर्षको अवधीमा मदरसा, विद्यालय, विभिन्न पालिका र सेनाको बरखगण गरी ७ ठाउँमा समेत पुगेर निःशुल्क आखा उपचार शिवीर संचालन गरिएको उनले जानकारी दिए ।
    एक अध्ययनको क्रममा सप्तरीमा ५० वर्ष र सो भन्दा माथीका जनसंख्या मध्ये २० प्रतिशतमा दृष्टि कमजोर र आखाको समस्या देखिएको भन्दै उनले आखाको सुरक्षाका लागी जीवन शैलीमा सुधार र आवश्यक सर्तकर्ताको आवश्यकता समेत औल्याए । 
    वार्षिकोत्सवको अवसर पारेर ७ दिन सम्म अस्पताल परिसरमा निःशुल्क आखा परिक्षण तथा अन्य उपचारमा २५ प्रतिशत सम्म छुटको व्यवस्था समेत मिलाइएको अस्पताल प्रशासनले जनाएको छ । 

प्रतिकृया दिनुहोस