News Category 2080/07/22

सुनचाँदीका गरगहना र भारतीय रुँपैयासहित तीन पक्राउ

दैनिक समाचारदाता

सुनचाँदीका गरगहना र भारतीय रुँपैयासहित तीन पक्राउ

दैनिक समाचारदाता
राजविराज, २२ कात्तिक ।

    सप्तरीको तिलाठी कोईलाडी गाउँपालिका १ खाँडो खोला क्षेत्रबाट सुन चाँदीका गरगहना र भारतीय रुपैया सहित तीन जनालाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ । 
    पक्राउ पर्नेहरुमा काठमाडौं महानगरपालिका वडा नं. १० का १६ वर्षिय रिकेश श्रेष्ठ, लमजुङ्गको राइनास गाउँपालिका २ का १८ वर्षिय रोशन शाही ठकुरी र रामेछापको सुनपाती गाउँपालिका ६ का १७ वर्षिय उत्सव पाण्डे छन् । 
    सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट तिलाठीबाट खटेको टोलीले भारतबाट नेपालतर्फ आउदै गरेको उनीहरुमाथी शंका लागी चेकजाँच गर्दा झोलाबाट ३१ ग्राम सुन र १ सय ८८ ग्राम चाँदीको गरगहना बरामद गरेको छ । 
    यस्तै उनीहरुको साथबाट ४ थान मोवाइल तथा भारतीय रुपैया ३ लाख ५५ हजार ३ सय ५१ रुपैया (नेपाली रुपैया ५ लाख ६८ हजार ५ सय ६३) समेत बरामद भएको सशस्त्र प्रहरी बल नेपाल नं.६ गण हडक्वाटरका सूचना अधिकारी प्रहरी नायब उपरिक्षक मोहन राज विस्टले जानकारी दिए ।
    उनीहरु तीन दिन अघि नै पक्राउ परेपनि अनुसन्धानका लागी पठाइएको इटहरी स्थित राजश्व अनुसन्धानका कार्यालयबाट बुधवार मात्र सुन चाँदी र त्यसको तौल पुस्टी भएको विवरण प्राप्त भएकाले ढिलो गरी घट्ना विवरण सार्वजनिक गरिएको सशस्त्र प्रहरीले जनाएको छ । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट