News Category 2080/07/23

भुकम्प पीडितलाई सप्तरीबाट राहत पठाइयो

दैनिक समाचारदाता

भुकम्प पीडितलाई सप्तरीबाट राहत पठाइयो

दैनिक समाचारदाता
राजविराज, २३ कात्तिक । 

    जाजरकोट र रुकम (पश्चिम)का भूकम्प पीडितका लागि बिहीबार सप्तरीबाट राहत पठाइएको छ । राहतमा नगद, कम्बल, साडी, टोपी, त्रिपाल लगायतका सामाग्रिहरु रहेका छन् । 
    सप्तरी उद्योग वाणिज्य संघ, सप्तरी युथ नेपाल र नेपाल रेडक्रस सोसाइटीले उक्त राहत समाग्रिहरु जिल्ला प्रशासन कार्यालय सप्तरी मार्फत पठाएको हो । 
    पीडितका लागि सप्तरी उद्योग वाणिज्य संघले १ सय थान साडी, ५०÷५० थान ज्याकेट र उलनको टोपी, सप्तरी युथले २५ हजार रुपैयाँ, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य प्रधानले २० थान त्रिपाल तथा रेडक्रस सोसाइटी सप्तरीले १ सय थान कम्बल उपलब्ध गराएको छ ।   


    ती सामग्री बिहिवार प्रमुख जिल्ला अधिकारी किरण थापालाई हस्तान्तरण गरिएको छ । उक्त सामग्री पीडितका लागि पठाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । गत आइतवार राति जाजरकोट केन्द्रविन्दु भएर गएको भुकम्पले ठुलो जनधनको क्षति भएको थियो ।     
 

प्रतिकृया दिनुहोस

ताजा अपडेट