News Category 2080/07/23
कर्तब्य ज्यान मुद्दामा पूर्पक्षका लागि कारागारमा रहेका प्रदेशसभा सदस्य यादव धरौटीमा रिहा
दैनिक समाचारदाता
राजविराज, २३ कात्तिक ।
कर्तब्य ज्यान मुद्दामा पूर्पक्षका लागि राजविराज करागारमा रहेका मधेश प्रदेशसभा सदस्य अनिरुद्ध प्रसाद सिंह यादव बिहीबार अदालतको आदेशले धरौटीमा रिहा भएका छन् ।
उच्च अदालत जनकपुर–राजविराज इजलाशका न्यायाधिशद्वय मुनेन्द्र प्रसाद अवस्थी तथा पूर्णप्रसाद राजवंशीको संयुक्त इजलाशले १ लाख २० हजार धरौटीमा रिहा गर्न उक्त आदेश गरेको हो ।
बि.स. २०६४ साल असार ९ गते माओवादी नेता गोबिन्द चौधरीको हत्या घटनामा संलग्न रहेको अभियोगमा भदौं १९ गते राजविराजबाट पक्राउ परेका प्रदेशसभा सदस्य यादवलाई सप्तरी जिल्ला अदालतको आदेशले पूर्पक्षका लागि कारागार चलान गरिएको थियो ।
जिल्ला अदालतले गरेको आदेश बिरुद्ध उनी उच्च अदालत जनकपुर–राजविराज इजलाश पुगेका थिए ।
सप्तरीको प्रदेशसभा क्षेत्र नं. ४ को २ बाट स्वतन्त्र उम्मेदवार बनी निर्वाचित भएका यादवसहित ९ जना उक्त मुद्दामा आरोपित थिए । आरोपित मध्ये ८ जनाको फैसला भएपनि उनी माथीको यो मुद्दा मुलतबिमा थियो । त्यती बेलाको आदेशमा यादवलाई पक्राउ गरि मुलतबिमा राखी अनुसन्धान गर्न उल्लेख थियो ।
मृतकका दिदी धनगढी गाविस ३ की रीताकुमारी चौधरीले जिल्ला प्रहरी कार्यालय सप्तरीमा २०६४ असार १४ गते सिंहसमेत नौ जनामाथि किटानी उजुरी दिएकी थिइन् ।
सप्तरीको साविक खोक्सरप्रवाहा गाविस १ का ३२ वर्षीय माओावदी नेता दिपु भनिने गोविन्द चौधरीको २०६४ साल असार ९ गते साविकको बोदेबर्साइन गाविस ४ बाट अपहरण गरी सोही दिन नेङ्गडा गाविस ५ वैरिया टोलमा पाँचवटा गोली हानी हत्या गरिएको जाहेरीमा उल्लेख छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2081/01/23 पत्रकार खतिवडा र यादव “प्रेस स्वतन्त्रता सेनानी” बाट सम्मानित
- 2081/01/23 अशोक राईको अध्यक्षतमा नयाँ पार्टीका लागि निर्वाचन आयोगमा निवेदन
- 2081/01/23 जेसीजलाई युवाहरु माझ पु¥याउनु आवश्यक ः राष्ट्रिय उपाध्यक्ष राजवंशी
- 2081/01/23 संस्कृतिको संरक्षण र सम्बद्र्धन हाम्रै दायित्व हो ः तातेड़
- 2081/01/23 राजविराज नगरपालिकाको सिफारिसमा विद्यार्थीको “ब्लड ग्रुप टेस्ट” गरेर शुल्क असुल्दै, गैसस शुल्क लिने कार्य गैससको विधान विपरीत ः वरिष्ठ केन्द्रिय उपाध्यक्ष देव
- 2081/01/22 विपत् पूर्व तयारीमा हामी चुकेका हौं !
- 2081/01/22 सरसफाईमा जुटे सुरक्षा निकाय, अग्निपीडित बस्तीमा खानेपानी सरसफाई सुविधा पु¥याइदै
- 2081/01/22 आगलागी वस्तीमा मैले जे देखें ः अद्भुत र अविश्वसनिय
- 2081/01/22 अग्निपीडित महिलालाई एकल महिलाको सहयोग
- 2081/01/22 महिला सशक्तिकरणको लागि छिन्नमस्तामा ’रुइ’ परियोजना संचालनमा
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ