News Category 2080/07/30

पत्रकार झाको निधन

दैनिक समाचारदाता

पत्रकार झाको निधन

दैनिक समाचारदाता
राजविराज, ३० कात्तिक । 

    नेपाल पत्रकार महासंघका पूर्वकोषाध्यक्ष शुभचन्द्र झाको बुधबार साँझ निधन भएको छ । 
    विगत केही दिनयता पिसाब सम्बन्धि रोगले पीडित ५५ वर्षिय पत्रकार झाको उपचारको क्रममा निधन भएको परिवारजनले जानकारी दिएको छ । 
    मैथिली साहित्य परिषद्का पूर्वअध्यक्ष समेत रहेका उनको राजविराज वडा नं. ३ स्थित घरमा बिहीबार बिहान संचारकर्मी, आफन्तजन, विभिन्न राजनीतिक दलका नेता लगायतले श्रद्धाञ्जली दिएका छन् । 
    नेपाल पत्रकार महासंघ सप्तरीले पत्रकार झाको असामयिक निधनले मर्माहत भएको जनाएको छ । महासंघका सचिव रामनारायण विश्वासद्वारा जारि विज्ञप्तिमा केही समयदेखि पिसाब सम्बन्धि रोगको उपचारकै क्रममा उनको निधन भएको जनाइएको छ ।
    यसैबीच महासंघका सभापति श्रवणकुमार देव, उपाध्यक्ष अम्बिका दाहाल, सचिव रामनारायण विश्वास, सहसचिव गोपाल प्रसाद गुप्ता, कोषाध्यक्ष नवीनकुमार गुप्ता, सदस्यहरु चन्दन यादव, भुषण सिंह, अनिल पोखरेल लगायतको उपस्थितिमा स्व. झाको शवमाथी नेपाल पत्रकार महासंघ अंकित झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली दिइएको छ ।   
    यस्तै मैथिली साहित्य परिषद्का अध्यक्ष अवधेश झाले पनि साहित्य परिषद्को झण्डा ओढाएर स्व. झाप्रति श्रद्धाञ्जली दिएका छन् । सो अवसरमा परिषद्का अन्य पदाधिकारीहरुको समेत उपस्थिति रहेको थियो । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट