News Category 2080/08/05

पत्रकार झाप्रति श्रद्धाञ्जली 

दैनिक समाचारदाता

पत्रकार झाप्रति श्रद्धाञ्जली 

दैनिक समाचारदाता
राजविराज, ५ मंसिर । 

    नेपाल पत्रकार महासंघ सप्तरीले मंगलबार श्रद्धाञ्जली सभाको आयोजना गरेको छ । महासंघका पूर्वकोषाध्यक्ष शुभचन्द्र झाको निधन भएको सातौं दिनमा श्रद्धाञ्जली सभाको आयोजना गरिएको हो । 
    महासंघका सभापति श्रवणकुमार देवको अध्यक्षतामा आयोजित सभामा केन्द्रिय सदस्य ललिता साह, पूर्वअध्यक्षहरु विष्णु मण्डल, बैद्यनाथ झा, मुरलीप्रसाद यादव, धिरेन्द्रप्रसाद साह, जितेन्द्र खड्गा, पूर्व केन्द्रिय सदस्य अवधेश झा, प्रेस युनियनका अध्यक्ष बिनयलाल कर्ण, प्रेस मञ्चका अध्यक्ष भुषण सिंह, प्रेस सेन्टरका अध्यक्ष दिनानाथ यादव, आम संचार प्राधिकरण मधेश प्रदेशका अध्यक्ष श्यामसुन्दर यादव लगायतका वक्ताहरुले स्व. झाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारप्रति सम्वेदना प्रकट गरेका छन् । 
    विगत केही दिनयता पिसाब सम्बन्धि रोगले पीडित ५५ वर्षिय पत्रकार झाको उपचारको क्रममा कात्तिक २९ गते बुधबार साँझ निधन भएको थियो ।    
 

प्रतिकृया दिनुहोस

ताजा अपडेट