News Category 2080/08/07

मुद्दि मोहरम ट्रष्टबाट उपाध्यक्षसहित  ६ जनाले दिए राजिनामा

दैनिक समाचारदाता

दैनिक समाचारदाता  
राजविराज, ७ मंसिर ।

    विभिन्न सामाजिक गतिबिधीमा सक्रिय रहदै आएको राजविराजस्थित मुद्दि मोहरम कल्याणकारी ट्रष्टका ११ जनाको कार्यसमिति मध्ये उपाध्यक्षसहित ६ जना पदाधिकारीहरुले सामुहिक राजिनामा दिएका छन् । 
    राजिनामा दिनेहरुमा ट्रष्टका उपाध्यक्ष मो. इर्साद अंसारी, महासचिव काशिम अंसारी, सदस्य मो. सकिल अंसारी, नसिम आरा, सरफराज अंसारी र काजिम अंसारी छन् । 
    कात्तिक २९ गते नै संस्थाका अध्यक्ष हासिम अंसारीलाई बुझाइएको सामुहिक राजिनामा पत्रमा उनीहरुले ट्रष्टको साधारण सदस्यता समेत परित्याग गरेको उल्लेख गरेका छन् । तर, सो राजिनामा ट्रष्टका अध्यक्षले हालसम्म पनि स्वीकृत नगरेकाले संचारकर्मीसँग सार्वजनिक गरिएको ट्रष्टका उपाध्यक्ष मो. इर्साद अंसारीले बताए । 
    सामुहिक राजिनामा पत्रमा ट्रष्टको गतिबिधी एकलौटी र मनपरी ढंगले संचालनमा ल्याइएको, संस्थाको बैठक विधिपूर्वक संचालनमा ल्याउने नगरिएको तथा ट्रष्टको नाममा रहेको एम्बुलेन्स समेत कुनै छलफल र प्रक्रिया पुरा नगरि बिक्रि गरिएको जनाउँदै राजिनामाको कारण उल्लेख गरिएको छ । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट