News Category 2080/08/07

राजरंगशालाको पुर्ननिर्माण गर्ने तयारी 

दैनिक समाचारदाता

राजरंगशालाको पुर्ननिर्माण गर्ने तयारी 

दैनिक समाचारदाता  
राजविराज, ७ मंसिर । 

    राजविराजस्थित राजरंगशालालाई सौन्दर्यीकरण गर्न सरोकारवालाले निरिक्षण गरेका छन् । 
    नगरपालिकाकी कार्यवाहक प्रमुख इसरत परविनको नेतृत्वको एक टोलीले बिहीबार रंगशालाको निरिक्षण गरेका हुन् ।
    रंगशालाको लागि चालु आ.ब.मा राष्ट्रिय योजना आयोग, मधेश प्रदेश सरकार र राजविराज नगरपालिकाका गरि २ करोड ६० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ ।
    राष्ट्रिय योजना आयोगले समपूरक अनुदान अन्तर्गत ८० लाख र नगरपालिकाले पनि सोही अनुसारको बजेट गरि १ करोड ६० लाख तथा मधेश प्रदेश सरकार अन्तर्गत भौतिक पुर्वाधार मन्त्रालयले १ करोड बजेट विनियोजन गरेको छ ।
    सो बजेटबाट चारैतिर घेराउ गरि प्याराफिट निर्माण, सटर, शौचालयसहित ब्यबस्थित बनाउने योजना रहेको नगरपालिकाका योजना अधिकृत मनोज कुमार यादवले जानकारी दिएका छन् ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट