News Category 2080/08/23

प्रतिष्ठान निर्माणमा दबाब दिन सुरु गरिएको  हस्ताक्षर अभियान तेश्रो दिन पनि जारि

दैनिक समाचारदाता

प्रतिष्ठान निर्माणमा दबाब दिन सुरु गरिएको  हस्ताक्षर अभियान तेश्रो दिन पनि जारि

दैनिक समाचारदाता
राजविराज, २२ मंसिर ।

    सप्तरीको राजविराज नगरपालिका १० बिरौलमा रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको निर्माण कार्य सुरु गर्न माग गर्दै आन्दोलनरत युवाले सुरु गरेको १० हजार हस्ताक्षर संकलन गर्ने अभियान तेश्रो दिनपनि जारि छ । 
    सप्तरी युथ नेपालले दोस्रो चरणको आन्दोलन कार्यक्रमअन्तर्गत हस्ताक्षर अभियान सुरु गरेको हो ।
    सवा दुई वर्षअघि शिलान्यास गरेर अलपत्र अवस्थामा छाडिएको सो प्रतिष्ठानको निर्माण कार्य सुरु गर्नुपर्ने मागसहित आन्दोलमा उत्रिका युवाले हस्ताक्षर अभियान सात दिनसम्म चलाउने आन्दोलन परिचालन समितिका संयोजक सत्येन्द्र यादवले बताए ।
    हस्ताक्षर अभियानबाट पनि माग उपर सुनवाइ नभए तेस्रो चरणको आन्दोलनका थप कार्यक्रमहरू घोषणा गरिने आन्दोलन परिचालन समितिका संयोजक यादवले जानकारी दिनुभयो । प्रतिष्ठान निर्माणको काम अविलम्ब सुरु गर्न माग गर्दै युवाले यसअघि पहिलो चरणमा ¥याली, सिट्टी जुलुस, धर्ना, दिउँसै टर्च बालेर प्रदर्शन लगायतका कार्यक्रम गरिसकेका छन् ।
    प्रतिष्ठान निर्माण सुरु गर्न माग गर्दै विगत ५८ दिनदेखि सप्तरीको राजविराज नगरपालिका–१० बिरौलमा रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको निर्माणस्थलमा नै स्थानीयले रिले अनशनसलाई निरन्तरता दिइरहेका छन् । सरकारले अझै चासो नदेखाएको भन्दै युवाले पनि चरणबद्ध आन्दोलनका कार्यक्रम गर्दै सरकारमाथि दबाबको प्रयास थालेका हुन् ।
    हस्ताक्षर अभियानको तेश्रो दिन ४ हजार ५ सय जनाले समर्थन जनाई ब्यानरमा हस्ताक्षर गरेको सप्तरी युथ नेपालका कार्यवाहक अध्यक्ष मोहनकुमार यादवले जानकारी दिए । 

प्रतिकृया दिनुहोस