News Category 2080/08/28
तरकारी खेतीबाट आत्मनिर्भर बन्दै
दैनिक समाचारदाता
राजविराज, २८ मंसिर ।
राजविराज नगरपालिका वडा नं. १ पडरीयामा जीविकोपार्जन गर्नका लागि कृषक समुहले लगाएको तरकारी खेतीबाट उनीहरु आत्मनिर्भर बन्दै गएका छन् ।
माँ भगवती कृषक समुहले ४ बिगहा खेत लिजमा लिएर काउली, लौका, खुर्सानी, बन्धाकोभी, गोलभेडा लगायत हरियो तरकारी लगाएका छन् ।
समूहको अध्यक्ष देवकान्त नौनियासहित अन्य कृषकहरु मिलेर लगाइएको तरकारी खेतिबाट मनग्य आम्दानी गर्ने गरेका छन् । खेतीबारीको आम्दानीबाट सदस्यहरुले समुह वचत मासिक रुपमा १ सय रुपैया बचत समेत गर्ने गरेका छन् ।
सेभ द सप्तरीले बिउबिजन अर्गानिक मल वनाउने सामग्री सहयोग गरेपछि उनीहरु धानबालीको खेतिपाती छाडेर दुई बर्षदेखि तरकारी खेतिमै लागेको सेभ द सप्तरी कृषि प्राबिधिक रामकुमार साहले बताए ।
संस्थाको प्राविधिक सहयोग अनुसार जिरो वजेट फार्मिङ्ग अवधारणा अनुसार पर्ति खेतमा विना खनजोत गरि लसुन खेतीको नमुना अभ्यास शुरुवात गरिएको छ ।
बिहीबार स्थानीय जनप्रतिनिधि सम्मिलित संस्थाका प्रतिनिधिहरुले संयुक्त रुपमा तरकारी खेतीको अनुगमन गरेका छन् ।
राजविराज नगरपालिका १ का वडा अध्यक्ष चन्द्रशेखर चौधरी, सेभ द चिल्ड्रेनका जिविकोपार्जन संयोजक दिपक बुढाथोकी र शिक्षा संयोजक असबिर सारु, सेभ द सप्तरीका कार्यक्रम संयोजक संतोष यादव, फिल्ड अधिकृत सत्यनारायण थारु, कृषि प्रविधिक रामकुमार साह, सुपरभाइनर भुपेन्द्र सदा समुदायिक परिचालक रामु यादव र पत्रकार अरुण यादव लगायतको सहभागितामा अनुगमन गरिएको हो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2081/02/05 नयाँ विरुवा उत्पादन र अतिक्रमित जग्गा घेरवार गरि वन बिस्तार गरिदै
- 2081/02/04 मधेश प्रदेशमा जनमतको नेतृत्वमा सरकार बनाउने पाँच दलबीच सहमति
- 2081/02/04 मनाइयो जानकी नवमी
- 2081/02/04 ट्रकको ठक्करबाट साइकल यात्रुको मृत्यु
- 2081/02/03 साइकलसहित युवक खोला किनारमा मृत फेला
- 2081/02/03 विद्यालयमा पोषणयुक्त आहारासँगै जुका विरुद्धको औषधी र सचेतना दिइदै
- 2081/02/01 वेपत्ता दिदीबहिनी बृन्दावनमा भेटिइन्
- 2081/02/01 राजनीतिक प्रतिशोध साध्न गरिएको शिक्षक सरुवा खारेज गर्न चार दलको माग
- 2081/02/01 सहकारी ठगहरुलाई कारवाही गर्न नेवि संघको माग
- 2081/02/01 एपिएफलाई हराउँदै नेपाल पुलिस बन्यो कबड्ी च्याम्पियन
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ