News Category 2080/09/02

राजविराजमा मैथिली खुल्ला लोक नृत्य प्रतियोगिता हुने

दैनिक समाचारदाता

राजविराजमा मैथिली खुल्ला लोक नृत्य प्रतियोगिता हुने

दैनिक समाचारदाता
राजविराज, २ पुस । 

    लोप हुँदै गएको लोक नृत्यलाई सम्वद्र्धन र संरक्षण गर्ने उद्देश्यले राजविराजमा मैथिली खुल्ला लोक नृत्य प्रतियोगिता २०८० हुने भएको छ । 
    सप्तरी कलाकार संघ नेपालले आयोजना गर्न लागेको सो लोक नृत्य माघ ६ गते राजविराजस्थित शिवशंकर सिनेमा हलमा हुने आयोजक संस्थाका अध्यक्ष रिन्जन कुमार शर्माले जानकारी दिएका छन् । 
    उक्त लोक नृत्यमा सामुदायिक विद्यालय, संस्थागत विद्यालय, विभिन्न संघ संस्था लगायतले सहभागिता जनाउने उनले बताए । मैथिली लोक नृत्य अन्तरगत झिझिया लोक नृत्य, समाचकेवा लोक नृत्य, डोम कक्ष नृत्य, सरस्वती बन्दना नृत्य र जाटजाटिन लोक नृत्य तथा नेपाली र थारु भाषाका लोक नृत्यहरुलाई प्राथमिकतामा राखिएको छ । 
    यस प्रतियोगिताका लागि पुस २ गतेदेखी २१ गतेसम्म आवेदन फारम खुल्ला गरिएको तथा प्रतियोगितामा प्रथम हुनेलाई १ लाख, दोश्रो हुनेलाई ५० हजार तथा तेश्रो हुनेलाई २५ हजारका दरले पुरस्कार समेत प्रदान गरिएको संस्थाका अध्यक्ष शर्माले जानकारी दिए । 

प्रतिकृया दिनुहोस