News Category 2080/09/02

अन्तर्राष्ट्रिय आप्रवासी दिवसमा दिप प्रज्वलन

दैनिक समाचारदाता

अन्तर्राष्ट्रिय आप्रवासी दिवसमा दिप प्रज्वलन

दैनिक समाचारदाता
राजविराज, २ पुस । 

    डिसेम्बर १८ अर्थात् अन्तर्राष्ट्रिय आप्रवासी दिवस विश्वभर विभिन्न कार्यक्रम गरी मनाइएको छ । 
    अन्तर्राष्ट्रिय आप्रवासी दिवस नेपालमा पनि सरकारी, गैरसरकारी, निजी क्षेत्र, ट्रेड युनियन, नागरिक सामाज र आप्रवासी श्रमिक तथा श्रमिकका परिवारले विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाएका छन् । 
    यस वर्ष ‘आप्रवासीको योगदानको कदर र अधिकारको सम्मान’ भन्ने मूल नारासहित यो दिवस मनाइएको हो । यता राजविराज नगरपालिका कार्यालय परिसरमा सो दिवसको अवसरमा दिप प्रज्वलन गरिएको छ । 
    सन् १९९० देखि संयुक्त राष्ट्रसङ्घको अन्तर्राष्ट्रिय महासन्धि पारित गरेको अवसरमा हरेक वर्ष डिसेम्बर १८ तारिखका दिन अन्तर्राष्ट्रिय आप्रवासी दिवस मनाउँदै आइएको हो ।

प्रतिकृया दिनुहोस