News Category 2080/09/02

असक्त विद्यार्थीलाई ह्वील चेयर

दैनिक समाचारदाता

असक्त विद्यार्थीलाई ह्वील चेयर

दैनिक समाचारदाता
राजविराज, २ पुस ।

    शारिरीक रुपमा असक्त रहेका तीन जना विद्यार्थीलाई सोमबार ह्वील चेयर प्रदान गरिएको छ । 
    सेभ द सप्तरी नामक संस्थाले एक कार्यक्रमको आयोजना गरि शारिरीक रुपमा असक्त भएका विद्यार्थीहरुलाई ह्वील चेयर बितरण गरेको हो । 
    विद्यालय पुग्न कष्ट झेलिरहेका असक्तको सहजताका लागि ह्वील चेयर बितरण गरेको संस्थाका अध्यक्ष ध्रुब देवले बताए । 
    ह्वील चेयर पाउनेहरुमा कक्षा ७ मा पढ्ने राजविराज नगरपालिका १ की आरती यादव, सोही नगरपालिका वडा १६ की सकिना खातुन तथा छिन्नमस्ता गाउँपालिकाका कक्षा ८ मा पढ्ने अन्सर मन्सुरी छन् । 
    केही समयपछि शारिरीक रुपमा असक्ता कारण विद्यालय जान कष्ट झेलिरहेका थप विद्यार्थीको पहिचान गरि ह्वील चेयर तथा अन्य सामाग्रिह बितरण गर्ने योजना रहेको सो संस्थाले जनाएको छ ।

प्रतिकृया दिनुहोस