News Category 2080/09/02

बर्र्षौदेखि अतिक्रमित जग्गा खाली गराउदै महादेवा गाउँपालिका 

दैनिक समाचारदाता

बर्र्षौदेखि अतिक्रमित जग्गा खाली गराउदै महादेवा गाउँपालिका 

दैनिक समाचारदाता
राजविराज, २ पुस ।

    सप्तरीको महादेवा गाउँपालिकामा बर्र्षौदेखि अतिक्रमित जग्गा खाली गराउने अभियान सोमवारदेखि शुरु भएको छ । 
    गाउँपालिका भित्रको ६ बटै वडामा अतिक्रमित जग्गालाई खाली गराउने अभियान सुरु गरिएको गाउँपालिका अध्यक्ष सुनिल कुमार मण्डलले जानकारी दिएका छन् । 
    अतिक्रमणको कारण बाटो, सार्वजनिक पोखरी, डगर, बाटोलाई पहिलो प्राथमिकतामा राखेर कामलाई वडा नं. ५ भगवतपुरस्थित वडका पोखरीबाट अभियान शुरु गरिएको छ । 
    पोखरीको चारै तर्फ डिललाई स्थानियले अतिक्रमण गरी विभिन्न संरचना विगत बर्षदेखि निर्माण गरी उपभोग गरीरहेको स्थानिय युवा विनय विक्रम मण्डलले बताए । 
    पोखरीको अन्दाजी एक विगहा जग्गालाई जे.सी.वी प्रयोग गरेर अतिक्रमण मुक्त गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामलखन यादवले बताउँदै अभियान अन्य वडाहरुमा समेत क्रमशः निरन्तर जारी रहने उनको भनाई छ । 
    अतिक्रमण कार्यमा शान्ति सुरक्षाको लागी स्थानिय प्रहरी चोकीसगै समन्वय समेत गरीएको प्रमुख प्रशासकीय अधिकृत यादवले बताए । अतिक्रमित जग्गाहरुलाई प्राथमिकतामा राखेर कामलाई अगाडी बढाएको वडा नं. ५ का अध्यक्ष हरेराम मण्डलले जानकारी दिए । 

प्रतिकृया दिनुहोस