News Category 2080/09/23
कंचनरुपका नगर प्रमुखले प्रमुख प्रशासकीय अधिकृतमाथी गरे हातापात, कर्मचारी आन्दोलित
दैनिक समाचारदाता
राजविराज, २३ पुस ।
सप्तरीको कंचनरुप नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृतमाथी नगर प्रमुखले दुव्र्यहार तथा हातपात गरेको भन्दै सोमबार सो कार्यालयका कर्मचारीहरु आन्दोलित भएका छन ।
नगरप्रमुख ललन प्रसाद गुप्ताले प्रमुख प्रशासकिय अधिकृत पुरुषोत्तम घिमिरेलाई सोमबार आफ्नो कार्यकक्षमा बोलाएर गालीगलौज तथा हातपात समेत गरेको भन्दै कर्मचारीहरु आन्दोलित भएका हुन् ।
कर्मचारी परिवारको तर्फबाट जारी विज्ञप्तीमा कार्यालय प्रमुख घिमिरेमाथी अमानवीय व्यवहार गर्ने नगरप्रमुख गुप्तालाई कानुन बमोजिमको कारवाही माँग गरिएको छ ।
२१ जना कर्मचारीद्वारा जारि विज्ञप्तीमा नगरप्रमुख गुप्तामाथी कारवाही नभएसम्म अत्यावश्यक बाहेका सबै कामकाज ठप्प पार्ने उल्लेख गरिएको छ ।
कर्मचारीहरुले ऐन नियम विपरीतका काम कारवाही तथा भुक्तानी लगायतका विषयमा प्रमुख प्रशासकिय अधिकृत घिमिरेले आपत्ती जनाउदा आवेशमा आएर नगरप्रमुख गुप्ताले त्यस्तो व्यवहार गरेको दाबी गरेका छन् ।
यता नगरप्रमुख गुप्ताले भने आफुले प्रमुख प्रशासकिय अधिकृत घिमिरेसंग त्यस्तो कुनै अप्रिय व्यवहार नगरेको दाबी गरेका छन् । उनले सेवाग्राहीहरुको समस्या र गुनासोबारे बुझ्न खोज्दा प्रमुख प्रशासकिय अधिकृत घिमिरे उल्टै आवेशमा आएको र सामान्य बहश मात्र भएको बताएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2081/02/05 नयाँ विरुवा उत्पादन र अतिक्रमित जग्गा घेरवार गरि वन बिस्तार गरिदै
- 2081/02/04 मधेश प्रदेशमा जनमतको नेतृत्वमा सरकार बनाउने पाँच दलबीच सहमति
- 2081/02/04 मनाइयो जानकी नवमी
- 2081/02/04 ट्रकको ठक्करबाट साइकल यात्रुको मृत्यु
- 2081/02/03 साइकलसहित युवक खोला किनारमा मृत फेला
- 2081/02/03 विद्यालयमा पोषणयुक्त आहारासँगै जुका विरुद्धको औषधी र सचेतना दिइदै
- 2081/02/01 वेपत्ता दिदीबहिनी बृन्दावनमा भेटिइन्
- 2081/02/01 राजनीतिक प्रतिशोध साध्न गरिएको शिक्षक सरुवा खारेज गर्न चार दलको माग
- 2081/02/01 सहकारी ठगहरुलाई कारवाही गर्न नेवि संघको माग
- 2081/02/01 एपिएफलाई हराउँदै नेपाल पुलिस बन्यो कबड्ी च्याम्पियन
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ